गुराँस लघुवित्तको लाभांश घोषणा
वि.सं.२०८२ असोज ९ बिहीवार ११:३६
shares

काठमाडौं, ९ असोज । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश घोषणा भएको छ।
कम्पनीको बुधवार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको संचित मुनाफाबाट हाल कायम चुक्ता पूँजीको १४.२५ प्रतिशत बोनस शेयर र ०.७५ प्रतिशत नगद लाभांश (कर तिर्न) गरी कुल १५ प्रतिशत वितरण गर्ने भएको हो।
हाल यस कम्पनीको चुक्ता पूँजी ११ करोड ५८ लाख ४९ हजार रुपैयाँ रहेको छ। साथै बैठकले उक्त निर्णय स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पठाउने पनि निर्णय गरेको छ।
नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाएर कम्पनीको अब हुने वार्षिक साधारणसभाले पारित गरेपछि उक्त लाभांश शेयरधनीहरूले पाउनेछन्















