सामान्य अंकले घट्यो शेयर बजार, कारोबार रकममा पनि गिरावट
वि.सं.२०८२ असोज ९ बिहीवार १५:२०
shares

काठमाडौं, ९ असोज । बिहीवार शेयर बजार सामान्य अंकले घटेको छ । शेयर बजार २.३५ अंकले घटेर २,६५२ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा १०७ कम्पनीको शेयर मूल्य बढेको छ भने १०३ कम्पनीको शेयर मूल्य घटेको छ भने ५ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ । यसदिन ३ अर्ब २६ करोडको कारोबार भएको हो ।
सामान्य अंकले घटेको शेयर बजारमा हिमस्टार उर्जाका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य १० प्रतिशतका दरले कमाएका छन् ।
त्यसैगरी, सिटी होटलका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको लगानीकर्ताले ७.५५ प्रतिशतका दरले गुमाएका हुन् ।















