दोहोरो अंकले बढ्यो शेयर बजार, कारोबार रकममा भने गिरावट
वि.सं.२०८२ असोज २३ बिहीवार १५:१५
shares

काठमाडौं, २३ असोज । बिहीवार शेयर बजार दोहोरो अंकले बढेको छ । शेयर बजार २२.५९ अंकले बढेर २,५८२ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा २०० कम्पनीको शेयर मूल्य बढेको छ भने ४१ कम्पनीको शेयर मूल्य घटेको छ भने १० कम्पनीको शेयर मूल्य स्थिर रहेको छ । यसदिन ५ अर्ब २७ करोडको कारोबार भएको हो ।
दोहोरो अंकले बढेको शेयर बजारमा बिन्दबासिनी हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य ८.२१ प्रतिशतका दरले कमाएका छन् ।
त्यसैगरी, थ्रिस्टार हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको लगानीकर्ताले ९.०९ प्रतिशतका दरले गुमाएका हुन् ।



















