Dhulikhel Eco Banner new

दोहोरो अंकले बढेको शेयर बजारमा यी ५ कम्पनीले कमाए सर्वाधिक

2.64K
shares

काठमाडौं, २ कात्तिक । आइतवार शेयर बजार दोहोरो अंकले बढेको छ । शेयर बजार १६.६७ अंकले बढर २,५०३ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा १६३ कम्पनीको शेयर मूल्य बढेको छ भने ७८ कम्पनीको शेयर मूल्य घटेको छ भने ८ कम्पनीको शेयर मुल्य स्थिर रहेको छ । यसदिन २ अर्ब ७९ करोडको कारोबार भएको हो ।

दोहोरो अंकले बढेको शेयर बजारमा आत्मनिर्भर लघुवित्तका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य १० प्रतिशतका दरले कमाएका छन् ।

यसदिन हिमालयन पावर पार्टनरका लगानीकर्ताले ९.८९ प्रतिशतका दरले कमाएका छन् भने भगवती हाइड्रोपावरका लगानीकर्ताले ९.८८ प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरी एशियन हाइड्रोपावरका लगानीकर्ताले ७.८० प्रतिशतका दरले कमाएका छन् भने अभियान लघुवित्तका लगानकिर्ताले ६.०१ प्रतिशतका दरले कमाएका छन् ।