Dhulikhel Eco Banner new

प्रभु बैंकको संस्थापक शेयर सर्वसाधारणका लागि बिक्रीमा

4.07K
shares

काठमाडौं, १० कात्तिक । प्रभु बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ। बैंकले विभिन्न १० जना संस्थापक शेरधनीहरूको नाममा रहेको कुल ४ लाख २२ हजार ८०७ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो।

बैंकले संस्थापक शेयधरनीहरूलाई प्राथमिकता दिएर उक्त शेयर यसअघि नै बिक्रीमा राखिसकेकाले अब भने सर्वसाधारणले किन्न पाउने गरी बिक्री खुला गरेको हो।

सो शेयर किन्न इच्छुक सर्वसाधारण व्यक्ति वा संघ–संस्थाले आवश्यक कागजात सहित आगामी १५ दिनभित्र काठमाडौंको बबरमहलस्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिनु कम्पनीले जनाएको छ।