Dhulikhel Eco Banner new

मातृभूमि लघुवित्तको संस्थापक शेयर बिक्रीमा

4.17K
shares

काठमाडौं, १० कात्तिक । मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ। कम्पनीले संस्थापक शेयरधनीको नाममा रहेको २ हजार २६८ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो।

कम्पनीले हाल सो शेयर कम्पनीकै विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै किन्न पाउने गरी बिक्रीमा राखेको हो। शेयर किन्न इच्छुक शेयरधनीले आगामी ३५ दिनभित्र कैलालीस्थित कम्पनीको केन्द्रीय कार्यालय वा बुढानीलकण्ठस्थित कम्पनीको कर्पोरेट कार्यालयमा निवेदन दिनु पर्नेछ।

साथै तोकिएको समयावधिभित्र संस्थापक शेयरधनीहरूबाट निवेदन प्राप्त नभएमा बाँकी शेयर सर्वसाधारणलाई बिक्री गर्नका लागि प्रक्रिया अघि बढाइने कम्पनीले जनाएको छ।