शेयर बजारमा ७ अर्ब ५१ करोडको कारोबार हुँदा यी ५ कम्पनीको उच्च कारोबार
वि.सं.२०८२ कात्तिक १३ बिहीवार १५:२२
2.74K
shares
shares

काठमाडौं, १३ कात्तिक । शेयर बजारमा ७ अर्ब ५१ करोडको कारोबार हुँदा हिमालयन बैंकको संस्थापक समूहको सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनीको १ अर्ब ६६ करोड ५० लाख रुपैयाँ कारोबार भएको हो ।
यसदिन राधी विद्युतको ३७ करोड ६० लाख रुपैयाँ कारोबार भएको छ भने नेपाल पुनर्बीमा कम्पनीको ३४ करोड १० लाख रुपैयाँ कारोबार भएको छ ।
त्यसैगरी साहास ऊर्जाको २० करोड ६० लाख रुपैयाँ कारोबार भएको छ भने बुटवल पावरको २० करोड १४ लाख रुपैयाँ कारोबार भएको छ ।



















