Dhulikhel Eco Banner new

नेपाल बैंकको पहिलो त्रैमासमा नाफा घट्यो, निष्क्रिय कर्जा बढ्दै

3.85K
shares

काठमाडौं, २१ कात्तिक । नेपाल बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा नाफा घटाउँदै निष्क्रिय कर्जाको स्तर बढाएको छ। बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार असोज मसान्तसम्म बैंकको कुल कर्जामध्ये ५.४९ प्रतिशत निष्क्रिय कर्जा रहेको छ। गत वर्षको सोही अवधिमा यो अनुपात ३.९५ प्रतिशत मात्र थियो।

निष्क्रिय कर्जा बढेसँगै बैंकको मुनाफामा पनि गिरावट आएको छ। पहिलो त्रैमासमा बैंकले ५८ करोड ८२ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन गत वर्षको सोही अवधिको ६० करोड २१ लाख रुपैयाँ भन्दा करिब २.३ प्रतिशतले कम हो।

यस अवधिमा बैंकको वितरणयोग्य नाफा ऋणात्मक देखिएको छ। बैंकले ५७ करोड रुपैयाँ ऋणात्मक वितरणयोग्य नाफा र प्रतिशेयर वितरणयोग्य नाफा १५।०५ रुपैयाँ ऋणात्मक रहेको जनाएको छ।

बैंकका अनुसार पाकेको साँवा र ब्याज असुली हुन नसक्दा वितरणयोग्य नाफा ऋणात्मक भएको हो।