आइसिएफसि फाइनान्सको लाभांश घोषणा
वि.सं.२०८२ कात्तिक २३ आइतवार १०:४०
4.15K
shares
shares

काठमाडौं, २३ कात्तिक । आइसिएफसि फाइनान्सले लाभांश घोषणा गरेको छ । कम्पनीको कात्तिक २३ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम रहेको चुक्तापूँजी १५.७८९५ प्रतिशत नगद लाभांश (करसहित) दिने निर्णय गरेको हो ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्रै शेयरधनीहरुले पाउनेछन् ।


















