हुन्डाईले ल्यायो विशेष एक्सचेञ्ज अफर
वि.सं.२०८२ कात्तिक २३ आइतवार १०:४७
shares

काठमाडौं, २३ कार्तिक । हुन्डाई नेपालले अपग्रेड टु द परफेक्ट ईभी” नामक नयाँ अभियान सुरु गरेको छ । यस अभियानअन्तर्गत ग्राहकहरूले आफ्नो पुरानो गाडी साटेर नयाँ हुन्डाई क्रेटा ईभी घर लैजान सक्ने अवसर पाउनेछन् । यो विशेष अफर आजदेखि नेपालभरका सबै हुन्डाई शोरूमहरूमा लागू भएको कम्पनीले जनाएको छ।
हुन्डाई क्रेटा ईभी अत्याधुनिक प्रविधि, आकर्षक डिजाइन र दमदार प्रदर्शनको उत्कृष्ट संयोजन भएको विद्युतीय सवारी साधन हो। विद्युतीय गाडीमा रूपान्तरण गर्न चाहने ग्राहकका लागि यो एक उपयुक्त विकल्पका रूपमा प्रस्तुत गरिएको छ। कम्पनीका अनुसार, प्रत्येक क्रेटा ईभी खरिदमा ६ वर्षको निःशुल्क सर्भिस र ३ वर्षको वारन्टीको सुविधा उपलब्ध हुनेछ, जसले सवारी प्रयोगमा थप सहजता र निश्चिन्तता प्रदान गर्नेछ।
यस अफरअन्तर्गत ग्राहकहरूले रु. १,००,००० सम्मको एक्सचेञ्ज बोनस, रु. ७५,००० को विशेष छुट, र रु. २५,००० को लोयल्टी बोनस प्राप्त गर्न सक्नेछन्। साथै, यसमा १ वर्षको कम्प्रिहेन्सिभ इन्सुरेन्स र रोड ट्याक्स पनि समावेश गरिएको छ, जसले क्रेटा ईभी खरिदलाई अझ लाभदायी बनाएको छ।
हुन्डाई क्रेटा ईभीले एक पटकको चार्जमा ३९० किलोमिटरसम्मको ड्राइभिङ रेञ्ज र २०० मिमी ग्राउण्ड क्लियरेन्स प्रदान गर्छ। यसले नेपाली सडकमा सहज, स्थिर र आत्मविश्वासपूर्ण ड्राइभिङ सुनिश्चित गर्ने कम्पनीको दाबी छ।
कम्पनीले जनाएको छ कि यो सीमित अवधिको अफरले विद्युतीय सवारी साधनमा स्विच गर्न चाहने सबैका लागि एक उत्कृष्ट र लाभदायी अवसर प्रदान गर्नेछ। हुन्डाईले सबै ग्राहकलाई आजै नजिकको हुन्डाई शोरूममा पुगेर परफेक्ट ईभी” मा अपग्रेड गर्न आग्रह गरेको छ।


















