Dhulikhel Eco Banner new

महालक्ष्मी विकास बैंकका ग्राहकहरुलाई सिदार्थ हस्पिटालिटी संस्थाका सेवाहरुमा विशेष छुट

3.33K
shares

काठमाडौं, २३ कार्तिक । महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई स्वास्थ्य, होटल तथा रेष्टुरेन्ट क्षेत्रमा विशेष छुट प्रदान गर्ने सम्झौता गरेको छ।

“सबल बैंक, सफल सहकार्य” भन्ने नारालाई आत्मसाथ गर्दै विगत ३१ वर्षदेखि नेपाली जनतालाई गुणस्तरीय वित्तीय सेवा दिँदै आएको बैंकले सिदार्थ हस्पिटालिटीसहित विभिन्न संस्थाहरुसँग सहकार्य गरी आफ्ना डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरुलाई छुटको व्यवस्था गरेको छ। ग्राहकहरुले सिदार्थ हस्पिटालिटीका तिनकुने लगायतका आउटलेटमा आवासमा २०५ र खाना तथा पेय पदार्थमा १०५ छुट पाउनेछन्।

यसैगरी बन्दीपुर माउण्टेन रिर्सोट र बन्दीपुर बजार घरमा खाना तथा आवासमा ७५ छुट, सामाखुशीस्थित स्माईल ३६० डेण्टल क्लिनिकमा दन्त सेवामा २०५ छुट, र ललितपुरको लन्जेभिटि हेल्थ होममा अकुपंचर, पञ्चकर्म, प्याथोलोजी तथा डाक्टर चेकअप लगायतका सेवामा २०५ सम्मको छुट उपलब्ध हुनेछ।

बैंकका अनुसार यस किसिमको सहकार्यबाट ग्राहकहरु प्रत्यक्ष लाभान्वित हुनेछन्। साथै, बैंकले आफ्ना क्रेडिट कार्डधारकहरुलाई विभिन्न ट्राभल एजेन्सीमार्फत टुर प्याकेज खरिद गर्दा महालक्ष्मी बैंकको क्रेडिट कार्ड प्रयोग गरी ६/१२ महिनासम्म लचिलो किस्ता प्रणालीमा भुक्तानी गर्ने सुविधा पनि उपलब्ध गराएको छ।