Dhulikhel Eco Banner new

झिनो अंकले बढ्यो शेयर बजार, कारोबार रकममा गिरावट

4.3K
shares

काठमाडौं, २७ कात्तिक । बिहीवार शेयर बजार झिनो अंकले बढेको छ । शेयर बजार ०.३६ अंकले घटेर २,५४४ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा १२३ कम्पनीको शेयर मूल्य बढेको छ भने १२४ कम्पनीको शेयर मूल्य घटेको छ भने ८ कम्पनीको शेयर मुल्य स्थिर रहेको छ । यसदिन ३ अर्ब ४९ करोडको कारोबार भएको हो ।

झिनो अंकले घटेको शेयर बजारमा माबीलुङ इनर्जी र स्वेत गंगा हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । यी २ कम्पनीको शेयर मूल्य १० प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरी, नेपाल माइक्रो इन्स्योरेन्सका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले ४.४२ प्रतिशतका दरले गुमाएका हुन् ।