Dhulikhel Eco Banner new

महालक्ष्मी विकास बैंकका ग्राहकलाई अरेबिका कफी र क्याफियोफिलिया कफीमा विशेष छुट

4.76K
shares

काठमाडौं, ७ मंसिर । महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्ना ग्राहकहरूलाई थप सुविधा प्रदान गर्ने उद्देश्यसहित कफी पारखीहरू लक्षित विशेष अफर सार्वजनिक गरेको छ। बैंकले अरेबिका कफी र क्याफियोफिलिया कफी, भैंसेपाटीसँग सहकार्य गर्दै ग्राहकहरूलाई विभिन्न सेवामा विशेष छुट उपलब्ध गराउने सम्झौता गरेको हो।

सम्झौता अनुसार बैंकका डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकहरूले अरेबिका कफीका दरबारमार्ग, बौद्ध, बानेश्वर, राधेराधे भक्तपुर, यूएन पार्क ललितपुर, मानभवन, कालीमाटी, बुढानिलकण्ठ र भैंसेपाटीसहितका फ्रेन्चाइजमा १५ प्रतिशतसम्म छुट पाउनेछन्। कफी तथा तातो पेय पदार्थमा १० प्रतिशत र इटालियन खानामा १५ प्रतिशतसम्म छुट उपलब्ध हुनेछ।

त्यस्तै, क्याफियोफिलिया भैंसेपाटीमा बैंकका कार्ड वा मोबाइल बैंकिङ प्रयोगकर्ताले बेकरी आइटम बाहेकका सेवामा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन्। बैंकले यस सहकार्यबाट डिजिटल भुक्तानीको प्रयोगलाई प्रोत्साहन गर्ने र ग्राहकलाई प्रत्यक्ष लाभ पुर्‍याउने अपेक्षा गरेको छ।

यसअघि बैंकले क्रेडिट कार्डवाहकका लागि नयाँ सुविधा सुरु गर्दै विभिन्न ट्राभल एजेन्सीमार्फत खरिद गरिने टुर प्याकेजलाई ६ देखि १२ महिनासम्म किस्ताबन्दीमा भुक्तानी गर्न मिल्ने योजना लागू गरेको थियो। उक्त सुविधाले ग्राहकलाई सहुलियतपूर्वक यात्रा प्याकेज खरिद गर्न मद्दत गर्ने बैंकको विश्वास छ।