Dhulikhel Eco Banner new

बीमाङ्कीय मूल्यांकन ढिला आएका कारण कारवाहीमा पर्‍यौँ : सीईओ भट्टराई

6.89K
shares

काठमाडौं, १० असार । बीमा कम्पनीले समयमा लेखापरिक्षण प्रतिवेदन नबुझाएको भन्दै जरिमाना गरिएको छ । समितिले लेखापरिक्षण प्रतिवेदन नबुझाउने कम्पनीलाई १० हजार जरिमाना गरेको हो ।

तर यसमा बीमा कम्पनीले आफूहरुभन्दा पनि भातरबाट आउनु पर्ने बीमाङ्कीय मूल्यांकन नआएका कारण कारबाहिमा पर्नु परेको प्राइम लाइफ इन्सोरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज कुमार भट्टराईले बताए ।

केटिएम भ्वाइससँगको कुराकानीमा भट्टराईले भारतबाट आउनु पर्ने र समयमा नआएका कारण बिमा समितिमा प्रतिवेदन पेश गर्न नसकिएको बताए । जीवन बीमा कम्पनीले बीमाङ्कीय मूल्यांकन अनिवार्य गरिएको र त्यो नेपालमा पनि नभएका कारण केही समय लागेको उनको भनाइ छ ।

‘हामीले समयमै विवरण पेश गरेको हो, तर आउनमा ढीलाई भयो, जसका कारण हामी कारवाहिमा पर्नु परो,’ उनले भने ।