‘२२ कम्पनीहरुले ‘नेक्लिजेन्स’ गरे, रहरले कारवाही गरिएको होइन’
वि.सं.२०७९ असार १० शुक्रवार १६:५०
shares

काठमाडौं, १० असार । एकै पटक २२ बीमा कम्पनीहरु नियामक निकायको कारबाहीमा परे । बीमा समितिले समयमा लेखापरीक्षण प्रतिवेदन नबुझाएको भन्दै २२ वटा बीमा कम्पनीलाई १० हजार रुपैयाँका दरले जरिमाना गरेका हो । बीमा समितिको कारबाही पछि बीमा कम्पनीहरु अलि जिम्बेवार छैनन् कि भन्ने देखिएको छ । यसै सन्दर्भमा हामीले समितिका अध्यक्ष सूर्य सिलवाललाई सोध्यौं
एकै पटक २२ कम्पनीलाई कारबाही गर्नुभयो ? यस्तो अवस्था कसरी आयो ?
यो कारवाही भनेको सचेत गराउनका लागि गरिएको कारवा हो । यसमा बीमा कम्पनीका प्रमुख कार्यकारी प्रमुख (सीईओ)को बढी जिम्बेवारी हुन्छ । समयमा कागजातहरु पेश गर्न नसकेका कारण जरिमाना गर्नु परेको हो । तोकेको समयमा डकुमेन्ट पेश नगरेमा कानुनमा नै उल्लेख गरिएको छ, त्यही अनुसार कारवाही गरिएको हो ।
हरेक आर्थिक वर्ष समापन भएको १० महिनाभित्र लेखापरिक्षण प्रतिवेदन पेश गर्नु पर्ने नियम रहेको छ । १० महिना भनेको पर्याप्त समय पनि हो । तर कम्पनीले हेलचेक्राई गरेका कारण यो अवस्था आएको हो । बीमा कम्पनीले वैशाख महिना भित्र सबै डकुमेन्ट समितिमा पेश गर्नु पर्ने नियम रहेको छ ।
कम्पनीले एउटाको भयो भने गरौलाँ भनेर बसेको पनि हुन सक्छन् । त्यो नेक्लिजेन्स हो । हामीले रहरे गरेको होइन, गल्ती गरे पनि कारवाही हुन्छ । यो भन्दा पहिले पनि कारवाही भइसकेको छ । कारवाही गर्दा पनि सुधार भएन फेरि पनि कारवाही गर्नु पर्यो ।
जरिमाना तिरेपछि चाहिँ कति समयमा लेखापरीक्षण पेश गर्नु पर्छ ?
जरिमाना गरेपछि बुझाउनु नपर्ने हुँदैन् । बुझाउनै पर्छ । यो कारवाही भन्दा पनि सजक गराएको हो । जरिमाना गरेको ३० दिन भित्र लेखापरीक्षण गरेर बुझाउनै पर्छ । त्यो समयमा पनि ल्याउन सकेन भने कारर्वाही थप हुँदै जान्छ, बढ्दै जान्छ ।
१० हजार तिर्दा भइहाल्छ भन्ने मानसिकताले पनि बीमा कम्पनीहरुले लापरवाही गरेका हुन् कि ?
बीमा कम्पनीमामात्रै समस्या होइन सबैतिर समस्या छ । कम्पनीको हातमा पनि छैन । हाम्रोमा नै भएको भए हामीले दबाव दिएको भए हुन्थ्यो । भारतमा डकुमेन्ट पठाउनु पर्ने भएकाले पनि केही समस्या भएको हो । कम्पनीले कहीले डकुमेन्ट पठायो ? उसले कहिले हेरिदिन्छ भन्ने पनि हुन्छ । यतिसमयमा पठाइ देउ भनेर भन्न पाए हुन्थ्यो ।
तर उएटा कम्पनीको आयो भने गरौँला भन्ने परिपाटी पनि भयो । आफ्नो काम खुरुखुरु गर्ने हो भने १० महिनामा भनेको प्रर्याप्त समय हो । अनि मिडियामा नै आइसके पछि लाज त भयो नि हैन । भारतबाट आएन भन्ने विषयमा पनि उनीहरुले समय ल्याउनु पर्यो नि । किन ल्याउन नसकेको त ।
सितैमा गराउने होइन पैसा तिरेर गर्ने हो । आफूले गरेको कामको हिसाब पनि कम्पनी आफैले राख्नु पर्यो अर्कालाई दोष दिएर मात्रै भएन् । कम्पनीको सीईओको कामै त्यही हो नि । १२ वटा त दोहोरिएका नै छन् ।
१२ वटा कसरी दोहोरिए ?
यो भनेको अघिल्लो वर्ष पनि कारवाहीमा परेर अहिले पनि कारबाहीमा परेकाले उनीहरुलाई थप जरिमाना गरिएको हो । कानुनमा भएको व्यवस्था अनुसार नै यस्तो गरिएको हो ।
कानुनमा नै थप गर्ने भन्ने व्यवस्था रहेको छ । यो भनेको उनीहरुलाई दोस्रो पटक जरिमाना भएको हो । उनीहरुले आर्थिक वर्ष २०७६/०७७ कै लेखापरीक्षण पनि बुझाएको छैन ।
लेखापरिक्षण प्रतिवेदन नबुझाएको खण्डमा बीमा समितीले जरिमाना मात्रै गर्ने हो कि अरु कारवाही पनि गर्छ ?
कानुनमा त्यस्तो ठूलो कारवाही गर्ने व्यवस्था छैन् । उनीहरुले बुझाउदै नबुझाएको पनि होइन । समयमा नबुझाएको मात्रै हो । जसरी भए पनि बुझाउनै पर्छ । नबुझाउने कुरा हुँदैन् । ढिलो भयो तिमीले समयमा बुझाउन परो भनेर जरिमाना गरिएको हो ।
नबुझाएमा त कम्पनी चल्दै चल्दै न नि । समयमा बुझाउ भनिएको छ । अहिले ३० दिनको समय दिइएको छ समयमा बुझाउछन् ।















