नेपाल एसबिआई बैंकले पायो ऋणपत्र निष्काशन गर्ने अनुमति
वि.सं.२०७९ असार १० शुक्रवार १७:०३
shares
काठमाडौं, १० असार । नेपाल एसबिआई बैंकले ३ अर्ब बराबरको ऋणपत्र निष्कासन गर्नका लागि नियमक निकाय नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।
बैंकले रू। १ हजार अंकित दरको ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्न बिहीवार बोर्डबाट अनुमति पाएको हो ।
अनुमतिसँगै बैंकले आगामी ५ वर्षसम्मको लागि वार्षिक १० दशमलव २५ प्रतिशत ब्याजदरमा ऋणपत्र निष्कासन गर्न पाउनेछ ।
बैंकले कुल ३० लाख कित्ता ऋणपत्रमध्ये १२ लाख कित्ता ऋणपत्र सर्वसाधारणको लागि निष्कासन गर्नेछ भने १८ लाख कित्ता ऋणपत्र व्यक्तिगत तबरबाट बिक्री गर्नेछ । बैंकको बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ ।














