प्रतितोला ८ सयले बढ्यो सुनको मुल्य, हेर्नुस कतिमा हुदैछ कारोबार ?
वि.सं.२०८२ मंसिर १७ बुधवार ११:०३
3.34K
shares
shares

काठमाडौं, १७ मंसिर । स्थानीय बजारमा बुधवार सुनको मुल्य बढेको छ । सुनको मूल्य प्रतितोला ८ सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलवार प्रतितोला २ लाख ५३ हजार ३ सयमा कारोबार भएको सुनको मुल्य बुधवार ८ सयले बढेर तोलामा २ लाख ५४ हजार १ सयमा कायम भएको हो ।
त्यस्तै, बुधवार चाँदीको मुल्य पनि ११० रुपैयाँले बढेको छ । मंगलवार प्रतितोला ३ हजार ५ सय ४५ रुपैयामा कारोबार भएको चाँदीको मुल्य बुधवार तोलामा ३ हजार ६ सय ५५ रुपैयामा कायम भएको छ ।

















