Dhulikhel Eco Banner new

देश बन्ने हो भने जस्तोसुकै त्याग गर्न तयार छु : रवि लामिछाने

4.8K
shares

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले देश निर्माणका लागि आफू जस्तोसुकै त्याग गर्न पनि तयार रहेको बताएका छन्। शनिबार चितवनको चौबिसकोटीमा आयोजित सभालाई सम्बोधन गर्दै उनले पार्टी, पद वा चुनाव चिन्ह आफूलाई आवश्यक नरहेको स्पष्ट पारे।

हिजोमात्रै कारागारबाट बाहिरिएका पूर्व गृहमन्त्री लामिछानेले मिल्नपर्ने शक्तिहरू अन्तिम समयमा मिलेरै अघि बढ्ने दाबी गरे। ‘म कारागारमै हुँदा पनि भनेको थिएँ, पार्टीले जे निर्णय गर्छ, म मान्छु। देश बन्नुपर्‍यो, व्यक्ति ठूलो होइन,’ उनले भने।

लामिछानेले आफू एउटा चुनावका लागि होइन, एउटा पुस्ताका लागि राजनीतिमा आएको उल्लेख गर्दै सरकारले जसरी पनि निर्वाचनतर्फ देशलाई लैजानुपर्ने बताए। उनले जेनजीको सपना पूरा गर्ने दायित्व सरकारको भएको भन्दै सुशासन र निर्वाचनमा रास्वपा सरकारसँगै उभिने पनि स्पष्ट गरे।