दोहोरो अंकले घटेको शेयर बजारमा यी ५ कम्पनीका लगानीकर्ता बने मालामाल
वि.सं.२०८२ पुस ७ सोमवार १५:३३
shares

काठमाडौं, ७ पुस । सोमवार शेयर बजार दोहोरो अंकले घटेको छ । शेयर बजार १३.८८ अंकले घटेर २५८१ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा ५४ कम्पनीको शेयर मूल्य बढेको छ भने २०० कम्पनीको शेयर मूल्य घटेको छ भने ५ कम्पनीको शेयर मुल्य स्थिर रहेको छ । यसदिन ३ अर्ब ५१ करोडको कारोबार भएको हो ।
दोहारो अंकले घटेको शेयर बजारमा एसवाइ प्यानलका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका हुन् ।
त्यसैगरी १०.२५ प्रतिशत सिटिजन्स बैंक ऋणपत्र २०८६का लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले ६.१ प्रतिशतका दरले कमाएका छन् भने १०.२५ प्रतिशतका केबीएल डिबेन्चर २०८६का लगानीकर्ताले ५.९२ प्रतिशतका दरले कमाएका छन् ।
यसदिन सिवाइसि नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले ५.९० प्रतिशतका दरले कमाएका छन् भने शुद्ध ऊर्जा लिमिटेडका लगानीकर्ताले ५.८७ प्रतिशतका दरले कमाएका छन् ।

















