Dhulikhel Eco Banner new

नाडाको साधारण सभा निर्धारित मितिमा नै सञ्चालन हुने

2.82K
shares

काठमाडौं, ९ पुस । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले आगामी पुस ९ गतेका लागि तय गरिएको साधारण सभा (एजिएम) विधान तथा प्रचलित कानुनी प्रावधानअनुसार निर्धारित मितिमै आयोजना हुने स्पष्ट गरेको छ।

हाल केही सञ्चार माध्यममा प्रकाशित समाचारका कारण साधारण सभाको विषयमा भ्रम उत्पन्न भएको भन्दै नाडाले ती समाचार पूर्ण रूपमा निराधार रहेको जनाएको छ। संस्थाले आधिकारिक सूचनाबाहेक अन्य अफवाहमा विश्वास नगर्न सबै सदस्य तथा सरोकारवालालाई आग्रह गरेको छ।

नाडाले लोकतान्त्रिक अभ्यास, पारदर्शी नेतृत्व हस्तान्तरण तथा संस्थागत स्थायित्वप्रति आफू प्रतिबद्ध रहेको उल्लेख गर्दै साधारण सभामा सबै सदस्यहरूको सक्रिय सहभागिता अपेक्षित रहेको जनाएको छ।

साथै, नाडाले सञ्चार माध्यमहरू तथा सरोकारवालालाई संस्थाद्वारा जारी गरिने आधिकारिक जानकारीलाई आधार मानी मात्र समाचार प्रकाशन तथा व्याख्या गर्न अनुरोध गरेको छ।