प्रतितोला ६ सयले घट्यो सुनको मूल्य, हेर्नुस् कतिमा हुदैछ कारोबार ?
वि.सं.२०८२ पुस १० बिहीवार ११:३८
4.03K
shares
shares

काठमाडौं, १० पुस । स्थानीय बजारमा बिहीवार सुनको मुल्य घटेको छ । सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधवार प्रतितोला २ लाख ६८ हजार १ सयमा कारोबार भएको सुनको मुल्य बिहीवार ६ सयले घटेर तोलामा २ लाख ६७ हजार ५सयमा कायम भएको हो ।
त्यस्तै, बिहीवार चाँदीको मुल्य पनि २० रुपैयाँले घटेको छ । बुधवार प्रतितोला ४ हजार ४ सय २० रुपैयाँमा कारोबार भएको चाँदीको मुल्य बिहीवार तोलामा ४ हजार ४ सय रुपैयाँमा कायम भएको छ ।














