Dhulikhel Eco Banner new

दुबईमा नेपाल इभ टुरिजम टुर–२०२२ हुँदै

10.84K
shares

दुबैई, २ भदौ । युनाईटेड अरब इमिरेट्स (यूएई) को दुबईमा नेपाल इभ टुरिजम टुर २०२२ कार्यक्रम हुने भएको छ । ब्लु चीप ग्ररुप अफ कम्पनी र ड्रिम हाइ नेपालको संयुक्त आयोजनामा अगस्ट २१ तारिखका दिन दुबईको वल्र्ड ट्रेड सेन्टर स्थित शेख रसिद हलमा कार्यक्रम हुने भएको हो ।

नेपालको कला संस्कृतिको संरक्षण र पर्यटन प्रर्वद्धन गरी नेपालमा विदेशी पर्यटक भित्राउने उद्देश्य सहित आयोजना गर्न लागिएको उक्त कार्यक्रममा विभिन्न विधाका १ दर्जन भन्दा बढि नेपाली कलाकारहरु दुबई आउने भएका हुन् । कार्यक्रमका लागि महानायक राजेश हमाल पत्नी मधु सहित गत सोमवार दुबई पुगिसेकेका छन् ।

त्यस्तै गायिका सुनिता दुलाल, स्मृती कंडेल, समिक्षा पोखरेल बुधवार नै दुबई आइ पुगेका छन् । स्ट्याण्ड अप कमेडियन संदिप क्षेत्री बिहिबवार दुवई आइपुग्ने कार्यक्रम छ । अभिनेत्री केकी अधिकारी, स्वस्तिमा खड्का, गायक शिव परियार, कलाकार खेम सेञ्चुरी, टेरिया फौजा मगर, स्मिता दाहाल, अञ्जली अधिकारी भने शुक्रवार दुबई आइपुग्ने आयोजकले जनाएको छ ।

यूएईमा रहेका एक नेपालीले कम्तिमा दुईजना पर्यटक नेपाल पठाउन प्रेरित गरी देशको पर्यटन विकासमा योगदान गर्ने मुख्य लक्ष लिएको आयोजकको भनाइ छ । पर्यटनको विकाससँगै नेपालका सातै प्रदेशमा निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने योजना रहेको आयोजकको भनाइ छ ।

दर्शकहरुको सुविधाको लागि यूएईको सातै राज्यबाट निःशुल्क यातायात सेवा उपलब्ध समेत गराइएको छ । आयोजकले शुक्रवार बेलुकी पत्रकार सम्मेलनको आयोजना गरेको छ ।