Dhulikhel Eco Banner new

नेपालको आर्थिक वृद्धिदर ४.७ प्रतिशतमा सिमित हुने, विद्युत उत्पादन बढ्ने,कृषि उत्पानमा गिरावट आउने

6.72K
shares

काठमाडौं, ५ असोज । एसियाली विकास बैंक (एडीबी)ले नेपालको आर्थिक वृद्धिदर ४.७ प्रतिशतमा सिमित हुने प्रक्षेपण गरेको छ । एडीबीले गत आर्थिक वर्षकोभन्दा पनि चालू आर्थिक वर्षमा आर्थिक वृद्धिदर घट्ने प्रक्षेपण गरेको हो ।

एडीबीले सार्वजनिक गरेको एसियन डेभलोपमेन्ट आउटलुक (एडीओ) मा गत आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ५.८ प्रतिशतले वृद्धि भए पनि आगामी आर्थिक वर्षमा वृद्धिदर ४.७ प्रतिशतमा सीमित हुने उल्लेख गरिएको छ । एडीबीले नेपालको कुल गार्हस्थ उत्पादन (जीडीपी)को वृद्धि कम हुने प्रक्षेपण गरेको हो । मौद्रिक नीतिले जीडीपीलाई प्रतिबिम्बित गर्ने भएकाले आर्थिक वर्ष २०२३ मा आयतमा हुने वृद्धि रोक्न आवश्यक भएको एडीबीको प्रतिवेदनमा उल्लेख छ ।

आयातलाई निन्त्रण गर्न आवश्यक पर्ने भएकाले अधिकारीहरुले थप कडा कदम चाल्दा आर्थिक वृद्धिमा नकरात्मक असर पर्न एडीबीको प्रक्षेपण छ । जसका कारण उत्पादन र उपभोगमा पनि असर गर्ने र अर्थतन्त्रमा प्रतिकुल असर पर्ने एडीबीको अनुमान छ ।

सामान्य मनसुनका कारण कृषिजन्य उत्पादनमा वृद्धि हुने सम्भावना भए पनि निरन्तर भइरहेको मलको अभावका कारण धानको उत्पादनलाई असर गर्ने पनि प्रतिवेदनमा उल्लेख छ । उद्योग क्षेत्रमा जलविद्युतको उत्पादनसँगै थप बढ्ने र क्षमतामा पनि वृद्धि हुने प्रक्षेपण गरिएको छ ।

रियलस्टेट, होलसेल तथा खुद्रा व्यापारजस्ता क्षेत्रमा आएको सुस्तताले ऋण नियन्त्रणका उपायहरु र ब्याजदरमा भएको वृद्धिका कारण सेवाको वृद्धि पनि मध्यम शैलीमा हुने प्रतिवेदनमा उल्लेख छ ।