एनएमबि बैंकको डेपुटी सीईओमा उपाध्याय र घिमिरे
वि.सं.२०७९ असोज ५ बुधवार १९:०४
4.94K
shares
shares

काठमाडौं, ५ असोज । सुदेश उपाध्याय र गोविन्द घिमिरे एनएमबी बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ) मा बढुवा भएका छन् । यस अघि बैंकको नायब महाप्रबन्धक रहेका दुवै जना असोज ११ गतेदेखि लागू हुनेगरी डेपुटी सीईओमा बढुवा भएका हुन् ।
बैंकको ४३९ औँ सञ्चालक समितिको बैठकले उपाध्याय र घिमिरेलाई नायब प्रमुख कार्यकारी अधिकृतमा बढुवा गरेको हो । यस विषयमा बैंकले नेपा स्टक एक्सचेन्जलाई समेत जानकारी दिएको छ । भदौ ३१ गते बसेको सञ्चालक समितिको बैठकले उनीहरुलाई बढुवा गर्ने निर्णय गरेको हो ।

















