Dhulikhel Eco Banner new

ब्याजदर वृद्धि स्थगन गर्न महासंघको माग

6.01K
shares

नेपाल उद्योग वाणिज्य महासंघले ब्याजदर वृद्धिको निर्णय तत्काल स्थगन गर्न माग गरेको छ । महासंघले बुधबार एक बिज्ञप्ति जारी गर्दै सरोकारवाला पक्षसमक्ष यस्तो माग गरेको हो ।

बैंक वित्तीय संस्थाहरूद्धारा असोज एक देखि लागु हुने गरि ब्याजदरमा भएको वृद्धिप्रति नेपाल महासंघको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । ‘यसले कर्जाको ब्याजदर अकासिने हुँदा कोभिड महामारी र त्यसपछि वाह्य र वित्तीय क्षेत्र असन्तुलनका कारण प्रभावित उद्यमी व्यवसायी मर्माहत हुनेतर्फ महासंघ सरकार, केन्द्रिय बैंक र बैंक वित्तीय संस्थाहरूको ध्यानाकर्षण गराउन चाहन्छ,’ बिज्ञप्तिमा भनिएको छ ।

बढदो लागतका कारण साना तथा मझौला उद्यम बन्द गर्नुपर्ने अवस्था आएको भन्दै महासंघले उत्पादित सामानको मुल्य अकासिएर आम सर्वसाधारणको जिविका पनि कष्टकर हुँदै गएको भन्दै ब्याजदर बढाउने निर्णय स्थागन गर्न भनेको छ । ८ प्रतिशत भन्दा माथि पुगिसकेको मुद्रास्फिति दरलाई बैंक वित्तीय संस्थाहरूको यस निर्णयले थप माथि पुग्ने महासंघको ठहर छ । अर्थतन्त्र सुंकचित हुँदै जाँदा सरकारको राजस्व संकलन समेत करिब २० प्रतिशतले न्यून हुन गएको मागसंघको विज्ञप्तिमा भनिएको छ ।

संकटको बेलामा जोखिम बाँडेर अर्थतन्त्रका सबै क्षेत्रले एक अर्कालाई सहयोग गर्नुपर्ने अहिले अवस्था आएको महासंघको भनाइ छ । ‘विशेषगरी कोभिडका कारण पहिलो बन्दाबन्दीको अवस्थामा बैकिङ क्षेत्रबाट प्राप्त सहयोगको महासंघ प्रशंसा गर्दछ ।

तर पछिल्लो निर्णयले व्याज दरमा अस्थिरता हुँदा संचालनमा रहेको व्यवसाय जोखिममा पर्ने र नयाँ लगानी निरूत्साहित हुनेछ । यस सन्दर्भमा विगतमा ब्याजदर बढदैमा निक्षेप नबढेको उदाहरण पनि स्मरणीय छ,’ बिज्ञप्तिमा भनिएको छ ।

यसैपनि अत्यन्त असहज अवस्थाबाट गुज्रिरहेको उद्योग व्यवसाय क्षेत्रमा ऋणको ब्याजभार थपिन जाँदा अर्थतन्त्रमा संकट आउन सक्ने आंकलन गर्न सकिन्छ । त्यसैले अर्थतन्त्रमा नकारात्मक असर मात्र पर्ने ब्याजदर वृद्धिको निर्णय तत्काल स्थगन गर्न महासंघ सम्पूर्ण सबै सरोकारवाला समक्ष माग गरेको हो ।