२८ लघुवित्तलाई कारवाही, कुन लघुवित्तलाई के कारवाही भयो ?
वि.सं.२०७९ असार २० सोमवार १९:३८
shares

काठमाडौं, २० असार । नेपाल राष्ट्र बैैकले २८ वटा लघुवित्त वित्तीय संस्थालाई कारवाही गरेको छ । बैंकले लघुवित्तलाई आर्थिक जरिमाना सहितको कारवाही गरेको हो ।
राष्ट्र बैंकले आर्थिक वर्ष २०७७/७८ मा गल्ती गरेको भन्दै केन्द्रिय बैंकको लघुवित्त वित्तीय संस्था सुपरिवेक्षण विभागले गरेको अनुगमन तथा निरीक्षणको क्रममा गल्ती गर्ने संस्थाहरु परेका कारवाहीमा परेका हुन् ।
कारवाहीमा पर्नेमा ५ प्रतिशतभन्दा बढी खराब कर्जा अनुपात भएका ११ वटा संस्था रहेका छन् । त्यस्तै १५ प्रतिशतभन्दा बढी ब्याजदर निर्धारण गर्ने १० वटा संस्था रहेका छन् भने तोकिएको नगद मौजाद काम नगर्ने र प्राथमिक पुँजी ८ प्रतिशत कायम गर्न नसक्ने ३ वटा संस्था रहेका छन् । त्यस्तै गुनासोका आधारमा विशेष निरीक्षणमा १ वटा संस्था परेको छ ।
राष्ट्र बैंकले ५ प्रतिशतभन्दा बढी खराब कर्जा रहेका बुद्धको ज्योती लघुवित्त, ८.८१ प्रतिशत, नेरुडे लघुवित्त ८.३२ प्रतिशत, बिपिडव्ल (७.८५ प्रतिशत), यूनिक लघुवित्तकोको (६.९७ प्रतिशत), सामुदायिक लघुवित्तको (६.८६ प्रतिशत), कालिका लघुवित्तको (६.२० प्रतिशत), सुपर लघुवित्तको (५.८८ प्रतिशत), मानुषी लघुवित्तको (५.८१ प्रतिशत), नेपाल एग्रो लघुवित्तको (५.६० प्रतिशत) र आत्मानिर्भर लघुवित्त (५.०७ प्रतिशत) लाई कारवाही गरेको छ ।
त्यस्तै राष्ट्र बैंकले तोकेको १५ प्रतिशत भन्दा बढी ब्याजदर असुल्ने १० वटा लघुवित्त पनि कारवाहीमा परेका छन् । जसमा डिप्रोक्स लघुवित्तले (१५.६७ प्रतिशत), मिथिला लघुवित्तले (१५.४८ प्रतिशत), फरवार्ड लघुवित्तले (१५.२४), लक्ष्मी लघुवित्तले (१५.१८), सुर्योदय लघुवित्तले (१५.१४), मानुषीले (१५.४०), युनिक लघुवित्तले (१५.१०) सामुदायिक लघुवित्तले (१५.०८), बुद्ध ज्योतीले (१५.०१) र नेष्डो लघुवित्तले (१५.०१) प्रतिशत ब्याज लिएको केन्द्रिय बैंकले जनाएको छ ।
सो अवधिमा गरिएको स्थलगत सुपरिवेक्षणका क्रममा कुल जोखिम भारित सम्पतिको न्यूनतम ४ प्रतिशत प्राथमिक पुँजी र ८ प्रतिशत पुँजी कोष कायम गर्नु पर्ने व्यवस्था उल्लंघन गर्ने ३ वटा संस्थालाई पनि राष्ट्र बैंकले शिध्र सुधारात्मक कारवाही गरेको छ । जसमा समाज लघुवित्त, विन लघुवित्त र घोडीघोडा लघुवित्तले पुँजीकोष कायम नगर्दा कारवाहीमा परेका हुन् ।
राष्ट्र बैंकले गत आर्थिक वर्षमा अनिवार्य नगद मौज्दात कायम नगर्ने ग्रामीण लघुवित्तलाई ५४ रुपैयाँ ८० पैसा, सारथी लघुवित्तलाई ३ सय ६२ रुपैयाँ ३३ पैसा र आरम्भ चौतारी लघुवित्तलाई २ हजार ८ सय ८८ रुपैयाँ २५ पैसा जरिवाना तिराएको छ । त्यस्तै सोही अवधिमा राष्ट्र बैंक लघुवित्त सुपरिवेक्षण विभागले विशेष स्थलगत निरीक्षणमा नाडेप लघुवित्त परेको थियो ।















