Dhulikhel Eco Banner new

आगामी आर्थिक वर्षको मौद्रिक नीतिको तयारीमा जुट्यो राष्ट्र बैंक

3.26K
shares

काठमाडौं, २२ जेठ । नेपाल राष्ट्र बैंक मौद्रिक नीतिको आन्तरिक तयारीमा जुटेको छ । सरकारले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेसँगै नेपाल राष्ट्र बैंक आर्थिक वर्ष २०८३\८४ को मौद्रिक नीतिको आन्तरिक तयारीमा जुटेको हो ।

नेपाल राष्ट्र बैंक ऐन, २०५८ मा भएको व्यवस्थाबमोजिम बैंकले आगामी आर्थिक वर्षको नीति तर्जुमा गर्ने प्रक्रिया अघि बढाएको हो । राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले सूचना जारी गर्दै सम्बन्धित सबै क्षेत्र, विज्ञ तथा सर्वसाधारणलाई आफ्नो सुझाव पठाउन अनुरोध गरेको छ।

केन्द्रीय बैंकले मौद्रिक नीतिलाई सन्तुलित र प्रभावकारी बनाउन सरोकारवालाहरूबाट राय तथा सुझाव माग गरेको छ ।

बजेटले लिएका आर्थिक लक्ष्यहरूलाई सघाउने गरी राष्ट्र बैंकले हरेक वर्ष साउनको पहिलो वा दोस्रो हप्ताभित्र मौद्रिक नीति सार्वजनिक गर्ने गर्दछ । सुझाव पठाउने अन्तिम मिति असार ५ गतेभित्र तोकिएको छ ।

यस पटक पनि समयमै मौद्रिक नीति ल्याउने तयारी गर्दै राष्ट्र बैंकले जेठ महिनामै राय सुझाव संकलनको कामलाई तीव्रता दिएको हो ।