मर्जरको अन्तिम तयारीमा प्रभु र सेञ्चुरी बैंक
वि.सं.२०७९ असार २४ शुक्रवार १९:०८
shares

काठमाडौं, २४ असार । पछिल्लो समय मर्जरमा जानका लागि बैंकहरु अन्तिम तयारीमा रहेका छन् । राष्ट्र बैंकले समेत असार मसान्तसम्म मर्जरको सम्झौता गर्न भने पछि अहिले सबै बैंकहरुले मर्जरका लागि छलफललाई तिव्रता दिइरहेका छन् ।
यसैक्रममा सेञ्चुरी बैंक र प्रभु बैंक मर्जरमा जानका लागि अन्तिम छलफलमा रहेका छन् । यहि महिनाको अन्तिमसम्म मर्जरको लागि सम्झौता गर्ने गरि छलफल भइरहेको स्रोतले जनाएको छ । १ः१ को रेसियोमा मर्जर गर्ने तयारी भए पनि प्रभु बैंकले १००ः९५ को रेसियोमा मर्जरमा जाने प्रस्ताव गरेको छ ।
प्रभु बैंक स्रोतले पनि सेञ्चुरीसँग छलफल भएको जानकारी दियो । अब मिल्न बाँकी रहेका कुरा टुङग्याएर अर्को साता सम्झौताको सम्भावना हरेको स्रोतको दाबी छ । मर्जरपछि बैंकको नाम प्रभु बैंक नै रहनेमा सेञ्चुरीका सञ्चालकहरु समेत सहमत भएका छन् भने कर्मचारी व्यवस्थापनमा पनि खासै समस्या नरहेको स्रोतको दाबी छ । अहिले प्रभुको १०० कित्ता बराबर सेञ्चुरीको ९५ कित्ता शेयर हुने गरी सहमति भएको छ ।

















