Dhulikhel Eco Banner new

हिमालयन र सिभिल बैंकबीच मर्जर सम्झौता

7.29K
shares

काठमाडौं, २९ असार । हिमालयन बैंक र सिभिल बैंक बीच मर्जर सम्झौता भएको छ । बुधबार एक कार्यक्रमका बीच दुई बैंक बीच मर्जर सम्बन्धी सम्झौता भएको हो ।

लामो समयको रस्साकसी पछि हिमालयन बैंक र सिभिल बैंक मर्जर सम्बन्धी सम्झौता भएको छ । स्वाप रेसियो लगायतका विषयमा कुरा नमिलेपछि मर्जर भाँडिएको बताइएको दुई बैंकको मर्जरमा जाने विषयमा पुनः सहमति भएर मर्जर सम्झौता समेत सम्पन भएको हो ।

हिमालयन र सिभिल बैंकलेम १००ः ८१ को स्वाप रेसियोमा मर्जरमा जाने सहमति गरेका हुन् । अब सिभिल बैंकको १०० कित्ता शेयर भएका शेयर धनिको ८१ कित्ता शेयर कायम हुने भएको हो । मर्जर पछि बैंकको नाम हिमालयन बैंक हुने तथा सञ्चालक समिति पनि अहिलेको हिमालयन बैंकको नै कायम रहने छ । मर्जर पछि एकीकृत कारोबारपछि हुने साधारणसभाले नयाँ सञ्चालक समिति चयन गर्ने छ ।

बैंकको प्रमुख कार्यकारी अधिकृतमा हिमालयन बैंकका अशोक राणा हुने छन् । डेपुटी सीइओमा सिभिल बैंकका सीइओ सुनिल पोखरेल रहने छन् ।