पदमा रहुन्जेल जनाताको हितमा काम गर्छु : मन्त्री कुँवर
वि.सं.२०७९ असार २९ बुधवार १६:४१
shares

काठमाडौं, २९ असार । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले मन्त्री पदमा रहुन्जेल जनता र पार्टीको हितमा काम गर्ने बताएका छन् । नेकपा एकिकृत समाजवादी जिल्ला कमिटि कञ्चनपुरले बुधबार आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई संबोधन गर्दै मन्त्री कुँवरले जनताले पठाएरै आफु मन्त्री भएकाले पदमा रहुँन्जेल जनाताको हित विपरितको कार्य कदापि नगर्ने बताएका हुन् ।
मन्त्री कुँवरले जनतालाई सेवा दिनका लागि सामाजिक सुरक्षाको दायरा बढाउन आवस्यक रहेको समेत बताए । सामाजिक सुरक्षा कार्यालयको व्यवस्थापनका लागि पनि काम भइरहेको मन्त्री कुँवरको भनाइ छ । जनताले सजिलै सामाजिक सुरक्षा पाउने व्यवस्थापन गर्नु सरकारको जिम्मेवारी भएको भन्दै सोही अनुसार कार्य हुने उनको भनाइ थियो ।
पार्टीका कार्यकर्तासँग कुराकानी गर्दै मन्त्री कुँवरले इमान्दार र जिम्मेवार भएर काम गर्न समेत सबै कार्यकर्तालाई अनुरोध समेत गरे । अहिले रोजगारीका लागि थुपै समस्या भएको भन्दै आफुले स्वदेशमै रोजगारी सृजना गर्न पहल गरिरहेको पनि बताए ।

















