Dhulikhel Eco Banner new

उद्धार र राहतको लागी रसुवा र नुवाकोटलाई १-१ करोड र धादिङलाई ५० लाख पठाइने

208
shares

काठमाडौं, १० भदौ । सरकारले आपत्कालीन व्यवस्थापनका लागि प्रभावित जिल्लाका जिल्ला विपद् व्यवस्थापन समितिलाई तत्काल रकम पठाउने निर्णय गरेको छ।

विपद् परिषद्को आपत्कालीन बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै विपद् जोखिम न्यूनीकरण विज्ञ डा। धर्मराज उप्रेतीले नुवाकोट र रसुवालाई १/१ करोड र धादिङलाई ५० लाख पठाउने निर्णय भएको बताए।

उनका अनुसार जिल्ला विपद् व्यवस्थापन कोषमार्फत पठाउने प्रक्रिया अघि बढाइएको छ। उनले थप निर्णय मन्त्रिपरिषद् बैठकबाट हुने बताए।