Dhulikhel Eco Banner new

सिटिजन्स बैंकको नाफा २४ प्रतिशले वृद्धि

6.8K
shares

काठमाडौं, ७ साउन । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले गत आर्थिक वर्ष २०७८/०७९ मा २४ प्रतिशतभन्दा बढी नाफा कमाएको छ । बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासिक प्रतिवेदन अनुसार अघिल्लो वर्षको भन्दा २४.७६ प्रतिशतले नाफा वृद्धि भएको हो ।

अघिल्लो आर्थिक वर्षमा १ अर्ब ८० करोड ४३ लाख रुपैयाँ नाफा कमाएको बैंकले गत आर्थिक वर्षमा २ अर्ब २५ करोड ११ लाख रुपैयाँ खुद नाफा कमाएको छ । खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा सामान्य बढेसँगै बैंकको नाफा बढ्न पुगेको हो ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ४०.२९ प्रतिशत बढेको छ भने खुद फि तथा कमिसन आम्दानी १५.५७ प्रतिशत बढेको छ । त्यसैगरी, बैंकको कुल सञ्चालन आम्दानी २८.५० प्रतिशत र सञ्चालन मुनाफा २४.९४ प्रतिशत बढेको छ । असार मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा १ अर्ब ४२ करोड ४६ लाख रुपैयाँ रहेको छ ।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी (ईपीएस) पनि बढेको छ । समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी १ रुपैयाँ ५१ पैसा बढेर १५ रुपैयाँ ८५ पैसा पुगेको छ । सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १२.७७ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १४५ रुपैयाँ ३९ पैसा रहेको छ ।