Dhulikhel Eco Banner new

सिवाईसी नेपाल लघुवित्तको नाफा ५५ प्रतिशतले वृद्धि

5.68K
shares

काठमाडौं, १३ साउन । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको असार मसान्तसम्ममा ८ करोड ३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षमा ५ करोड १८ लाख नाफा कमाएको संस्थाले गत आर्थिक वर्षमा ५५.०८ प्रतिशत बढी मुनाफा आर्जन गरेको हो ।

संस्थाको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेपछि खुद नाफा बढ्न पुगेको हो । समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ५७.२३ प्रतिशत बढेको छ भने कुल सञ्चालन आम्दानी ११४.७७ प्रतिशत बढेको छ । लघुवित्तको सञ्चालन मुनाफा भने समीक्षा अवधिमा ६२.११ प्रतिशत बढेको छ ।

खुद नाफा बढेसँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि सामान्य बढेको छ । समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी २ रुपैयाँ ९५ पैसा बढेर ६६ रुपैयाँ ४ पैसा पुगेको छ । सो अवधिसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात २५.७२ गुणा रहेको छ भन प्रतिशेयर नेटवर्थ २३० रुपैयाँ ८६ पैसा रहेको छ ।

समीक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी ४८.१५ प्रतिशत बढेको छ भने जगेडा कोष १९९.७२ प्रतिशत बढेको छ। त्यसैगरी, लघुवित्तको सापटी ४६२.८७ प्रतिशत, निक्षेप ५७.६७ प्रतिशत र कर्जा १०५.२१ प्रतिशत बढेको छ ।