विश्वकै ठूलो आईपिओबाट ट्रिलियनर बने एलन मस्क
वि.सं.२०८३ जेठ ३१ आइतवार १०:२४
shares

काठमाडौं, ३१ जेठ । एलन मस्क विश्वकै पहिलो ट्रिलियनियर बनेका छन् । स्पेश एक्सको आईपिओ जारी प्रक्रिया पुराभएसँगै मस्क विश्वकै पहिलो ट्रिलियनियर बन्न सफल भएका हुन् ।
स्पेसएक्सको प्राथमिक सेयर निष्कासनका कारण उनी ट्रिलियनियर बन्न सम्भव भएको हो । उक्त आईपीओ मार्फत कम्पनीले बजारबाट करिब ७५ अर्ब डलर संकलन गरेको छ, जसले स्पेसएक्सलाई इतिहासकै सबैभन्दा मूल्यवान् निजी–उत्पत्तिका कम्पनीहरूको शीर्ष स्थानमा उभ्याएको छ ।
गत शुक्रबार अमेरिकी स्टक मार्केट नास्दाक स्टक एक्सचेन्जमा स्पेश एक्सको शेयर सूचिकरण गरिएको थियो । प्रतिशेयर १३५ डलर मूल्य तोकेर आह्वान गरिएको आईपिओमा माग भन्दा तीन गुणा बढि ओभर सब्स्क्राईब भएको थियो । स्पेश एक्सले ५५ करोड ५५ लाख ५५ हजार ५५५ कित्ता शेयर सर्वसाधारणलाई बिक्री विरतण गरेको हो । सो मध्ये ३० प्रतिशत सर्वसाधारणलाई कोटा निर्धारण गरिएको थियो भने बाँकी ७० प्रतिशत ठूला औद्योगिक प्रतिष्ठानलाई छुट्याइएको थियो ।
पहिलो दिनमै कम्पनीको शेयर १३५ डलरबाट बढेर १५० डलर पुगिसकेको छ । उक्त कम्पनीको शेयर अझै बढ्ने विश्वास गरिएको छ । एलन मस्कसँग स्पेश एक्सको ४२ प्रतिशत शेयर रहेको छ । उनले आईपिओबाट ७५ अर्ब डलर रुपैयाँ संकलन गरेका थिए । तर, आईपिओ परेकाहरुले एकै दिन मालामाल बनेका छन् । १३५ डलरमा किनेको आईपिओ १५०.९५ डलर पुगेसँगै उनीहरु मालामाल बनेका हुन् ।















