Dhulikhel Eco Banner new

बैंकमा निक्षेप घट्ने क्रम जारी

5.92K
shares

काठमाडौं, १७ साउन । वाणिज्य बैंकहरुमा चालू आर्थिक वर्ष सुरु भएदेखि नै निक्षेप निरन्तर घट्दै गएको छ । चालू आर्थिक वर्षको पहिलो हप्तादेखिनै घटेको निक्षेप संकलन दोस्रो हप्ता पनि घटेको हो ।

चालू आर्थिक वर्षको दोस्रो हप्ताको विवरण अनुसार वाणिज्य बैंकहरुको निक्षेप २८ अर्बले घटेको छ । अघिल्लो हप्ता पनि बैंकहरुको निक्षेप ६३ अर्बले घटेको थियो । नेपाल बैंकर्स संंघको तथ्यांक अनुसार साउन ६ गत ४४ खर्ब ७८ अर्ब रहेको निक्षेप साउन १३ गते आइपुग्दा ४४ खर्ब ५० अर्बमा झरेको छ ।

गत आर्थिक वर्षको अन्तिम दिन असार ३२ गतेसम्म बैंकको निक्षेप ४५ खर्ब ४१ अर्ब रहेको थियो । यो अवधिमा निक्षेप मात्रै नभएर कर्जा प्रवाह समेत घटेको छ । एक हप्ताको अन्तरमा कर्जा प्रवाह १ अर्बले घटेको देखिएको छ ।

साउन ६ गतेसम्म ४१ खर्ब ६५ अर्ब कर्जा प्रवाह गरेका बैंकहरुले साउन १३ गतेसम्मको विवरण अुनसार ४१ खर्ब ६४ अर्ब कर्जा प्रवाह गरेको देखिएको छ । असार अन्तिममा कर्जा प्रवाह ४१ खर्ब ७५ अर्ब रहेको थियो ।