सिभिल बैंकका ग्राहकलाई छुटै छुटको वर्षा
वि.सं.२०७९ साउन १८ बुधवार १६:५७
shares

काठमाडौं, १८ साउन । सिभिल बैंकका ग्राहकहरुलाई विभिन्न साझेदार संस्थाहरुमा विशेष छुटको व्यवस्था गरिरहेको छ । यस्तो छुट दिने विभिन्न ४० वटा संस्थाहरुसँग बैंकले सम्झौता गरेको हो ।
समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडि बढिरहेको सिभिल बैंकले आफूले प्रदान गर्ने उत्कृष्ठ सेवा र सुविधामा मात्र सिमित नरहेर आफ्नो ग्राहकहरुलाई उपलब्ध गराउन सकिने थप सुविधाहरुमा केन्द्रित भएर विभिन्न साझेदारहरुसँग समन्वय गरी आफ्नो ग्राहकवर्गलाई विशेष छुटको व्यवस्था गरेको छ । सिभिल बैंकका ग्राहकहरुले ती साझेदारहरुबाट विभिन्न बस्तु वा विभिन्न सेवा उपभोग गरी बैंकको बिद्युतिय भुक्तानी प्रणाली “सिभिल स्मार्ट–मोवाइल बैंकिङ्ग एप” अथवा एटियम कार्डको प्रयोग गरी भुक्तानी गर्दा छुट पाउने बैंकले जनाएको छ ।
बैंकले हालसम्म यस्ता विभिन्न ४० साझेदारहरु संग ग्राहकहरुलाई छुट प्रदान गर्ने सम्वन्धमा सम्झौता गरिसकेको छ । यसका साथै बैंकले आगामी दिनहरुमा यसको परिधि बढाई अन्य संघ संस्थाहरुसँग पनि सम्झौता गरिने योजना रहेको बैंकका चिफ विजिनेस डिपोजिट तथा ट्रान्जेक्सन बैंकिङ भोला बहादुर विष्टले बताए ।
बैंकसँग सम्झौता गर्नेमा प्रदेश एकको विराट मेडिकल कलेज तथा शिक्षण अस्पताल, निम्स नेशनल हस्पिटल प्रा. लि, बिर्ता आँखा सेन्टर र बिर्ता ग्रिन दरबार होटल ईस्टन ब्लू, दादाघरे रेष्टुरा रहेका छन् ।
त्यस्तै मधेश प्रदेशको सूर्या अस्पताल प्रा. लि.सँग बैंकले सम्झौता गरेको छ । यी संस्थाहरुमा बैंकका ग्राहकहरुले ५ प्रतिशदेखि २५ प्रतिशतसम्मको छुट पाउने छन् । त्यस्तै बागमती प्रदेशका सानेपा डिलाइट फास्ट फुड एण्ड क्याफे, लक्ष्मी हेयर एण्ड ब्यूटी स्टुडियो, बगैचा स्टेक र ग्रिल बार, गमला घर प्रा. लि. बि हवेली, ग्यालेक्सी स्पेशलिटी क्लिनिक प्रा. लि, केक स्टेशन नेपाल, काठमाडौं पाथल्याब एण्ड डायग्नोस्टिक सेन्टर प्रा.लिसँग सम्झौता भएको छ । रुपे होलिडे, माकु छेन कफी घर, पुमोरी जर्नी प्रा. लि, इन्कोड जेनेटिक एण्ड डायग्नोस्टिक ल्याब प्रालि, टेस्ला फार्मेसी प्रा. लि, क्लिनिक वन काठमाडौं प्रा. लि, भिन्टुना नेवा किचन, भ्यालि फिस र अकामा होटल प्रा. लिसँग सम्झौता गरेको छ ।
त्यस्तै बैंकले गण्डकी प्रदेश अन्तगर्ततका चरक मेमोरियल अस्पताल, अन्नपूर्ण केबलकार, अतिथी रिसोर्ट एण्ड स्पा, बार पीपल रिसोर्ट प्रा. लि.र चौतारी बुटिक होटलसँग सम्झौता गरेको छ । यी संस्थामा बैंकका ग्राहकहरुले ५ देखि २५ प्रतिशसम्म छुट पाउने छन् । त्यस्तै लम्बिनी प्रदेशको होटल पौवासँग बैंकले सम्झौता गरेको छ ।
त्यस्तै सुदुरपश्चिम प्रदेशका कर्णाली राफ्टिङ एण्ड एडभेन्चर प्रा. लि, निसर्ग अस्पताल तथा अनुसन्धान केन्द्र प्रा. लि.होटल न्यू आनन्द कञ्चनपुर प्रा. लि. संयुक्त निदान प्रयोगशाला र अनुसन्धान केन्द्र, रोजियो अस्पीटालिटी, माया मेट्रो अस्पताल, नवजीवन अस्पताल प्रा. लि.र द रुबस होटल प्रा. लि सँग सम्झौता गरेको छ ।
करीव आठ लाख ग्राहकहरुलाई ११५ शाखाहरु मार्पmत सेवा प्रदान गरिरहेको सिभिल बैंकको हालसम्म १३ एक्सटेन्सन काउन्टरहरु र ९९ एटिएम रहेका छन् । साथै बैंकले गत आषाढ मसान्त सम्म रु. ९६ अर्व भन्दा बढी निक्षेप परिचालन गरी रु. ८७ अर्व भन्दा बढी कर्जा लगानी गरिसकेकोे छ ।















