Dhulikhel Eco Banner new

कुमारी क्यापिटलले सुरु गर्‍यो वे टु लिस्टीङ सेवा

4.64K
shares

काठमाडौं, २२ भदौ । कुमारी क्यापिटल लिमिटेडले संस्थागत परामर्श सेवा अन्तगर्त वे टु लिस्टीङ नामक नयाँ सेवा सञ्चालनमा ल्याएको छ । क्यापिटलले यो सेवा अन्तर्गत नेपालको प्रचलित कानुन बमोजिम स्थापना भएका जुनसुकै संगठित संस्थाहरुलाई धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासनपुर्व गर्नुपर्ने वित्तिय तथा संगठनात्मक पुनर्संरचना लगायतका कार्यमा जानकारी दिने छ ।

क्यापिटलले धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन गर्ने, निष्कासित धितोपत्र नेपाल धितोपत्र विनिमय बजारमा सुचिकरण गराउने लगायतका सम्पुर्ण सेवाहरु प्रदान गर्नेछ । क्यापिटलको यस सेवाले वास्तविक क्षेत्रका कम्पनिहरुलाई धितोपत्र बजारमा भित्राउने धितोपत्र बोर्डको नितिलाई समेत सहयोग पुर्‍याउने विश्वास गरिएको छ ।

क्यापिटलले व्यवसायिक तथा वित्तिय योजनाको तयारी, वित्तिय तथा संगठनात्मक पुनर्संरचना, वित्तिय श्रोत जुटाउन सहयोग, कम्पनि मुल्याङ्कन, तथा परीयोजना मुल्याङ्कन र प्रबन्धपत्र तथा नियमावली संशोधन सेवा प्रदान गर्ने छ । त्यस्तै आन्तरिक नियन्त्रण प्रणालिको विकास तथा प्रभावकारिता मुल्याङ्कन, ब्यवस्थापकिय परामर्श र म्गभ Due Diligence कार्यहरु गर्ने छ ।