Dhulikhel Eco Banner new

बैंकिङ प्रणालीको तरलतामा सुधार भइरहेको छ : गभर्नर

4.47K
shares

काठमाडौं, २६ मंसिर । पछिल्लो समय बैंकिङ प्रणालीमा देखिएको तरलताको अवस्थामा सुधार हुँदै गएको नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बताएका छन् । सोमबार नेपाल बैंकर्स संघको ३६ औँ साधारणसभालाई सम्बोधन गर्ने क्रममा गभर्नर अधिकारीले बैंकिङ प्रणालीमा भित्रभित्र तरलताको अवस्थामा सुधार आएको बताएका हुन् ।

पछिल्लो समय अन्तर बैंकको दर साढे ८ प्रतिशतबाट ७.०७ प्रतिशतमा झरेको गभर्नर अधिकारीको भनाइ थियो । यसलाई उनले सुधारको संकेतका रुपमा हेरिएको छ । अहिले मुख्य समस्या भनेको ऋणीले ऋण नपाएको गुनासो छ । त्यसमा ऋणमाथि किन ऋण थप्ने भन्ने कुरा छ । यसमा ऋणीले पनि केही योगदान गर्नुपर्ने आवश्यकता रहेको उनको धारणा थियो । ‘अर्थतन्त्र रिकभरि हुन आवश्यक रहेको समेत जिकिर गरे । रिकभरीको लागि निकै चुनौती छ । त्यसका लागि सबैको साथ आवश्यक छ,’ उनले भने ।

यसका साथै उनले समग्र अर्थतन्त्रमा सुधार ल्याउनका लागि आफु नचुक्ने पनि उनको भनाइ थियो । तरलता सहज भएको कुरा बजारमा प्रचार नभएको भन्दै गभर्नर अधिकारीले दुःखेसो समेत व्यक्त गरे ।