Dhulikhel Eco Banner new

एभरेष्ट बैंकका सीईओ खालिङ बैंकर्स संघको कार्यसमिति सदस्य

7.87K
shares

काठमाडौं, २६ मंसिर । वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघको कार्यसमिति सदस्यमा सुदेश खालिङ नियुक्त भएका छन् । एभरेष्ट बैंकका सीईओ रहेका खालिङलाई मेगा बैंकका सीईओबाट बारिरिएका अनुपमा खुँजेलीको बहिर्गमन पछि रिक्त रहेको पदमा नियुक्त गरिएको हो ।

संघमा उनी पहिलो पटक प्रवेश गरेका हुन् । खालिङसँग ३० वर्षभन्दा बढी बैंकिङ क्षेत्रमा काम गरेको अनुभव छ । एभरेष्टको सीईओ हुनुभन्दा अगाडि खालिङ सिटिजन्स बैंकका सञ्चालक थिए । त्योभन्दा अघि उनले लक्ष्मी बैंकको सीईओका रुपमा कार्य गरेका थिए । लक्ष्मी बैंकको सीईओ रहँदा खालिङले एभरेष्ट र लक्ष्मी बैंकलाई मर्जर गराउन सक्रिय भूमिका खेलेका थिए । यद्यपि दुई बैंकबीच मर्ज हुन सकेको छैन् ।

त्यस्तै, कार्यसमिति सदस्यद्धय माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी सन्तोष कोइराला र नेपाल एसबीआई बैंकका प्रमुख कार्यकारी अधिकृत दीपकुमार देले निरन्तरता पाएका छन् । ९ सदस्यीय कार्यसमितिको अध्यक्षमा कृषि विकास बैंकका सीईओ अनिलकुमार उपाध्याय रहेका छन् ।