सीईओ खोज्दै कृषि विकास बैंक
वि.सं.२०७९ पुस २५ सोमवार ०९:४८
shares

काठमाडौं, २५ पुस । कृषि विकास बैंकले प्रमुख कार्यकारी अधिकृतको लागि जागिर खुलाएको छ । तत्कालिन सीईओ अनिल उपाध्याय कार्यकाल पुरा गरेर बैंकबाट बाहिरिए पछि नयाँ सीईओ नियुक्तिको प्रक्रिया सुरु गरिएको हो ।
सोमबार सार्वजनिक सूचना जारी गर्दै बैंकले सीईओका लागि आवेदन माग गरेको छ । आवेदन दिन अर्थशास्त्र, वाणिज्य, कानून, मौद्रिक शास्त्र लगायतका विषयमा स्नात्तकोत्तर गरेकोे हुनुपर्नेछ । वाणिज्य शास्त्रमा स्नातक पास गरेकोले पनि आवेदन दिन पाउने छन् । स्नातक पास गरेकाले मात्रै आवेदन दिनका लागि भने वित्तीय क्षेत्र, संघ–संस्था वा सरकारी स्तरमा अधिकृत सोसरहमा १० वर्षको अनुभव हुनुपर्नेछ ।
सीईओ छनोटका लागि बैंकले ३ सदस्यीय छनोट समिति बनाएको छ । छनोट समितिमा एक जना नेपाल सरकारका सहसचिवको संयोजकत्वमा एक जना वित्तीय क्षेत्रका विज्ञ र एक जना बैंकका प्रतिनिधि रहने गरी समिति बनाएको छ । सोही समितिको सिफारिसका आधारमा बैंकको सीईओ नियुक्त हुनेछन् ।
हेर्नुस् सूचना
















