Dhulikhel Eco Banner new

ग्लोबल आइएमईमा गाभियो बैंक अफ काठमाण्डू

7.27K
shares

काठमाडौं, २५ पुस । बैंक अफ काठमाण्डू ग्लोबल आइएमई बैंकसंग मर्जर पश्चात आजदेखि संयुक्त कारोबारको सुरुवात गरेका छन् ।

गत असारमा मर्जर सम्झौता गरेका बैंकले चार महिनापछि एकीकृत कारोबार सुरू गरेका हुन् । दुवै बैंकबिच १ः१को शेयर अनुपातमा मर्जरमा जाने सहमति भएको थियो । सोही अनुसार मर्जर पश्चात एकीकृत कारोबार गरेका गरेका हुन् । संयुक्त कारोबारका लागि डाटाको काम गर्नका २ बैंकिङ सेवा पनि बन्द गरेका थिए ।

दुई बैंक मर्ज भएर बन्ने बैंकको कुल पुँजी ५७ अर्ब, चुक्ता पुँजी ३५.७७ अर्ब, कुल निक्षेप ४०८ अर्ब, कुल कर्जा ३७६ अर्ब रुपैयाँभन्दा बढी पुग्नेछ । मर्जरपछि बन्ने नयाँ बैंक कुल पुँजी, चुक्ता पुँजी तथा व्यवसायको आकारको हिसाबले नेपालको सबैभन्दा ठूलो बैंक बनेकाे छ ।

नयाँ बैंकको सञ्चालक समितिमा ग्लोबल आईएमई बैकको तर्फबाट अध्यक्ष चन्द्रप्रसाद ढकालसहित ५ जना र बैंक अफ काठमाण्डूको तर्फबाट २ जना रहनेछन् । त्यसैगरी बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य रहनेछन् ।

दुई बैंकहरुको मर्जर पश्चात् कुल ३६५ शाखा कार्यालय, ३६७ एटीएम, २८६ शाखा रहित बैंकिङ्ग सेवा, ६१ विस्तारित शाखा कार्यालयहरु, ३ वटा विदेशमा रहेका सम्पर्क कार्यालयहरु, ४० लाख भन्दा बढी ग्राहकहरुसहित अन्य धेरै वित्तीय परिसूचकहरुमा ग्लोबल आईएमई बैंक लिमिटेड देशको सबैभन्दा ठूलो बैंक भएकाे छ ।