Dhulikhel Eco Banner new

ग्लोबल आइएमईबाट बाहिरिए ढकाल

6.24K
shares

काठमाडौं, २५ पुस । ग्लोबल आइएमई बैंकका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत महेश ढकाल बैंकबाट बाहिरिएका छन् । उनले मेगा बैंकमा जानका लागि ग्लोबल आईएमई बैंकको सिनियर डिसिईओ छाडेका हुन् ।

ढकाल ग्लोबल आईएमई आउनु अघि पनि मेगा बैंकमै थिए । मेगा बैंकको कार्यबाहक कार्यकारी प्रमुख भइसकेका ढकाल नयाँ जोशका साथ पुरानै बैंकमा फर्कन लागेको बताएका छन् । ग्लोबल आईएमई बैंक र बैंक अफ काठमाण्डू एक आपसमा मर्ज भएर सोमबार मात्रै एकिकृत कारोबार शुभारम्भ गरेका छन् ।

उता मेगा बैंक पनि आगामी २७ गतेदेखि नेपाल इन्भेष्टमेन्ट बैंकमा मर्ज हुँदैछ । मर्जर पछि बन्ने बैंकको सिनियर डिसिईओ बन्ने गरी ढकाल मेगा गएका हुन् । उनले आफूले ४ वर्ष ग्लोबल आइएमईमा बिताएको भन्दै नयाँ जोशसहित मेगा हिडेको बताएका छन् ।