Dhulikhel Eco Banner new

लघुवित्त विरुद्ध उदयपुरमा पनि प्रदर्शन

6.28K
shares

काठमाडौं, १६ फागुन । लघुवित्तबाट ऋण लिएकाहरुले जिल्ला प्रशाशन कार्यालय उदयपुर घेराउ गरेका छन् । लघुवित्तबाट ऋण लिएकाहरुले लघुवित्तले आफूहरुलाई ठगेको भन्दै लघुवित्त खारेजीको माग राखेर जिल्ला प्रशसान कार्यालयमा अगाडी प्रदर्शन गरेका हुन् ।

लघुवित्तका कारणले आफूहरुको उठिबास लागेको भन्दै पीडितहरूले सरकारीहरूले लघुवित्तीय संस्था खारेज गर्नु पर्ने उनीहरुको भनाइ छ । लघुवित्तहरु नवसामन्तीको रुपमा स्थापित लघुवित्त संस्थाहरु खारेज गर, लघुवित्त संस्थाहरुद्वारा लगानी गरिएको सामूहिक कर्जा मिनाह गर, आम गरिबी किसानलाई निःशुल्क कर्जा प्रदान गर, आवश्यकता र क्षमताको आधारमा काम र दामको व्यवस्था गर, समाजवादी अर्थतन्त्रको विकास जस्ता ५ बुँदे माग राखी लघुवित्त संस्था विरुद्ध उदयपुरका स्थानीयहरु आन्दोलित बनेका छन ।

लघुवित्तको ऋणप्रवाहको विषयमा देशभर आन्दोलन हुन थालेपछि नेपाल राष्ट्र बैंकले समेत बढि सेवा शुल्क लिने लघुवित्तलाई कारबाही गर्नुका साथै एक व्यक्तिले एउटा लघुवित्त संस्थाबाटमात्र ऋण लिन पाउने नयाँ नियम लागू गरेको छ ।