GBIME

धौलागिरी लघुवित्त वित्तीय संस्थाको तेस्रो त्रैमासिक प्रगती समिक्षा गोष्ठी सम्पन्न

3.13K
shares

काठमाडौं, २९ वैशाख । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडको तेस्रो त्रैमासिक प्रगती समिक्षा गोष्ठी तथा वर्षान्त लक्ष्य कार्यक्रम सम्पन्न भएको छ । यस संस्थाका प्रमुख कार्यकारी अधिकृत मिन बहादुर बोहराको अध्यक्षतामा होटेल दि राजन बागलुङमा वैसाख २६ गते देखि २८ गते सम्म सम्पन्न भएको हो ।

सो कार्यक्रममा संस्थाको ४ वटा अनुगमन ब्लक स्टेशन कार्यालय पोखरा अनुगमन कार्यालय, खैरेनी अनुगमन कार्यालय, कोपुवा अनुगमन कार्यालय र बागलुङ अनुगमन कार्यालयका ३५ वटा शाखा कार्यालय, अनुगमन अधिकृतहरु, विभागिय प्रमुखहरु लगायत ४२ जना कर्मचारीहरुको उपस्थीति रहेको थियो । मिति २०८० वैसाख २७ गते बिहान ०९ बजे सुरु भएको कार्यक्रमको संचालन संस्थाका सुचना प्रविधि विभाग प्रमुख असोक थापाले गरेका थिए ।

तेस्रो त्रैमासिक समिक्षा गोष्ठिको औपचारिक उद्घाटन गर्दै संस्थाका संचालक समितिका अध्यक्ष ईश्वरलाल राजभण्डारीले समिक्षा गोष्ठि सम्पन्नताको शुभकामना दिँदै बर्तमान अवस्थामा वित्तीय संस्था प्रतिको भ्रामक समुह तथा समाचारहरुले पारेको नकारात्मक असर, आर्थिक संकुचनको समस्याका बारेमा बोल्दै त्यस्ता चुनौतीहरुलाई समाधान गर्न दिर्घकालिन रणनितिहरु निर्माण गर्नुपर्ने कुरामा जोड दिएका थिए ।

सो कार्यक्रममा अनुगमन ब्लक स्टेशन कार्यालयका अनुगमन अधिकृतहरुले शाखा कार्यालयको तेस्रो त्रैमासिक गोष्ठि समिक्षाको प्रस्तुतिकरणमा सहजिकरण गरेका थिए । साथै अनुगमन प्रमुख प्रकाश बोगटीले आगामी असार मसान्त सम्ममा खराब कर्जा असुली रणनीति तथा कार्यक्रमको बारेमा प्रस्तुतिकरण गरेका थिए ।

कार्यक्रममा यस संस्थाका संचालक समितिका सदस्य एवंम बरिष्ठ अधिवत्ता हरि प्रसाद शर्माले शुभकामना मन्तव्य राखेका थिए । संस्थाका प्रमुख कार्यकारी अधिकृत मिन बहादुर बोहराले शाखा प्रमुखहरुलाई आगामी असार मसान्तमा समिक्षा गोष्ठिमा शाखा प्रमुखहरुले लिएका लक्ष्यहरु प्राप्तीका लागि एकदमै जोड दिनुपर्ने र लक्ष्य प्राप्तीका लागि शुभकामना समेत व्यक्त्त गरेका थिए ।उक्त कार्यक्रमा सञ्चालक समिती सदस्य सिर्जना थापाको समेत विशेष उपस्थिती रहेको थियो ।

सो कार्यक्रम आ व २०७९।२०८० को तेस्रो त्रैमासिक सम्म शाखाले लिएको लक्ष्य अनुसार उत्कृष्ट अङ्क ल्याउन सफल तेस्रो स्थान हासिल गर्ने शाखा कार्यालय नौडाँडा, दोस्रो स्थान हासिल गर्ने शाखा कार्यालय अर्घाखाँची त्यस्तै गरि प्रथम स्थान हासिल गर्ने सफल शाखा कार्यालय ह‌शपुर लाई प्रमुख अतिथीबाट नगद पुरस्कार साथै प्रमाण पत्रले सम्मान गरिएको थियो ।