Dhulikhel Eco Banner new

नियम उलंघन गर्ने ५ विकास बैंक र १ फाइनान्स कम्पनीलाई जरिवाना

6.08K
shares

काठमाडौं, ८ जेठ । नेपाल राष्ट्र बैंकको नियम उलंघन गर्ने ५ विकास बैंक र एक फाइनान्स कम्पनी केन्द्रिय बैंकको कारवाहीमा परेका छन् । राष्ट्र बैंकले सिडि रेशियो कायम नगरेको र अनिवार्य नगद अनुपात कायम नगरेको भन्दै जरीवाना तिराएको हो ।

कारबाहीमा पर्नेमा कर्पोरेट डेभलपमेन्ट बैंक, साल्पा विकास बैंक, नारायणी डेभलपमेन्ट बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक, नारायणी डेभलपमेन्ट बैंक र मल्टिपर्पस फाइनान्स रहेका छन् । सप्तकोशी डेभलपमेन्ट बैंकले सिडि रेशियो कायम नगरेको भन्दै केन्द्रीय बैंकले १९ लाख ३६ हजार रुपैयाँ जरीवाना तिराएको छ । त्यस्तै नारायणी डेभलपमेन्ट बैंकलाई २ लाख ५१ हजार रुपैयाँ जरिवाना गरिएको छ । साल्पा विकास बैंकलाई १ लाख १० हजार र र्कोरेट डेभलपमेन्ट बैंकलाई १ लाख ९६ हजार जरीवाना गरिएको छ ।

यस्तै नारायणी डेभलपमेन्ट बैंकलाई अनिवार्य नगद अनुपात कायम नगरेको भन्दै ३ पटकसम्म जरीवाना तिराएको छ । मल्टिपर्पस फाइनान्सले पनि अनिवार्य नगद अनुपात कायम नगर्दा २ हजार ७०१ रुपैयाँ जरीवाना तिर्नुपरेको छ ।