Dhulikhel Eco Banner new

नेपाल बैंकको खुद नाफा बढ्यो,चुक्ता पूँजी १४ अर्ब ६९ करोड

4.5K
shares

काठमाडौ., २० साउन । नेपाल बैंक लिमिटेडको खुद नाफा बढेको छ। बैंकले प्रकाशित गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरणले यस्तो देखाएको हो ।

गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले ३ अर्ब ४१ करोड १५ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १६.७० प्रतिशत बढी हो। आर्थिक वर्ष २०७९/८० को सोही अवधिसम्ममा बैंकले २ अर्ब ९२ करोड ३२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ४०।६१ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी ३.८३ प्रतिशत बढेको छ। त्यसैगरी, समीक्षा अवधिमा बैंकको कुल सञ्चालन आम्दानी ३३।१६ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा २१।१९ प्रतिशत बढेको छ।

१४ अर्ब ६९ करोड ४० लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा २१ अर्ब ८८ करोड ४८ लाख रुपैयाँ सञ्चित छ। समीक्षा अवधिमा बैंकको निक्षेप २४।७२ प्रतिशत बढेको छ भने कर्जा लगानी ४।३२ प्रतिशत बढेको छ।