GBIME

बैंकर्स संघका अध्यक्ष भन्छन्– बैंक व्यापारमात्रै गर्ने संस्था हुँदै हाेइन

6.41K
shares

काठमाडौं, ११ मंसिर । नेपाल बैकर्स संघका अध्यक्ष सुनिल केसीले बैंक व्यापारमात्र गर्ने संस्था नभई देशभर छरिएर रहेको पुँजी संकलन गरेर त्यसलाई स–साना व्यवसायहरुमा परिचालन गर्ने संस्था भएको टिपपणी गरेका छन् । केटीएम भ्वाइससँगको कुराकानीमा उनले अरु व्यापार जस्तो बैंक नभएको भन्दै सम्पूर्ण अर्थिक गतिविधिलाई समेट्ने संस्था रहेको बताएका हुन् ।

‘सर्वसाधारणले हेर्दा बैंक भनेको व्यापार गर्ने थलोको रुपमा लिइन्छ, तर बैंक भनेको समयमा देशभर छरिएर रहेको पुँजी संकलन गरेर ल्याएर त्यसलाई साना–साना व्यवसायहरुमा पुँजी परिचालन गरेर आर्थिक गतिविधिलाई बढाउन काम गर्ने एउटा संस्था हो’ उनले भने, ‘त्यसकारण पनि अरु व्यापार जस्तो एउटा सामान ल्याएर नाफा खाने जस्तो भन्दा पनि सम्पूर्ण किसिमले आर्थिक गतिविधिलाई कभर गर्ने खालको संस्था हो ।’

एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत समेत रहेका अध्यक्ष केसीले  हालसम्म छरिएर रहेको अर्बाै रकम उठाएर १८ लाख ५० हजार भन्दा बढि ऋणीहरुलाई ऋणका रूपमा लगानी गरिएकाे बताए । उनले आर्थिक व्यवस्थापनका लागि बचत आवश्यक रहेको भन्दै बचतमा ध्यान दिन सर्वसाधारसँग अनुराेध समेत गरेका छन् । ‘बचत भन्ने बित्तिकै त्यसले पर्सनल मात्रै नभएर ओभरल देशको आर्थिक विकासको लागि र आर्थिक उन्नतीको लागि पनि कन्ट्युबिसन हुन्छ ।’