GBIME

विपन्न महिलाको आर्थिक समुन्नतीको लागि लघुवित्त प्रमुख आधार हो

‘लघुवित्तले दिएको सुविधाहरु ओझेल परे नकारात्मक कराहरु मात्रै आए’

2.65K
shares

काठमाडौं, १८ मंसिर । अहिले देशको समग्र आर्थिक क्षेत्र नै समस्यामा छ । सो समस्याले लघुवित्त क्षेत्रमा पनि व्यापक प्रभाव परिरहेको छ । पछिल्लो समय लघुवित्तकर्मीहरु खुलेरै लघुवित्तको अवस्था नराम्रो बताउन थालेका छन् ।

जाल्पा सामुदायि लघुवित्त वित्तीय संस्थाकी प्रमुख कार्यकारी अधिकृत विमला योगी पनि लघुवित्तमा निराशाजनक अवस्था सिर्जना भएको बताउँछिन् । प्रस्तुत छ, जाल्पा सामुदायिक लघुवित्तकी सीईओ योगीसँग केटिएमभ्वाइसकर्मी रोजीना काप्रीले गरेको कुराकानीको सम्पादित अंशः

लघुवित्त क्षेत्रको समग्र अवस्था के छ ?

मैले भन्नुपर्दा लघुवित्तको समग्र अवस्था सन्तोषजनक नै छ । कतिपय सदस्यहरु आन्दोलित हुनुहुन्छ । कतिपय सदस्यहरु आन्दोलनबाट हुँदैनहामीलाई उद्यमशिलताको लागि अझ कम ब्याजदरमा हामीले ऋण पाउनुपर्छ । ऋणको चक्र रोकिनु हुँदैन भन्ने हुनुहुन्छ । समग्र लघुवित्तको क्षेत्र हेर्दा धेरै लघुवित्त संस्थाहरु घाटामा जाने अवस्थामा छन् ।

आम्दानी भइरहेको छैन । कर्मचारीहरु गएर असुली गर्ने अवस्था पनि छैन । सडकमा देखिएको अहिलेको आन्दोलनले बैंक वित्तीय संस्थाका कर्मचारीहरु घर घरमा आए भने उनीहरुलाई किस्ता नदेउ, तिमीहरुले ब्याज तिर्न पर्दैन भन्ने खालको संस्थाको वित्तीय क्षेत्रमा नै अस्थिरता निम्त्याउने खालको अराजक गतिविधि भइरहेको छ ।

यस्ता मुद्धाहरु सडकमा ल्याइरहेका छन् । त्यस्ता व्यक्तिहरुलाई कानूनको दायरामा ल्याउने, सकारात्मक सन्देश समाजमा फैल्याउने खालको सरकारी वातावरण बनेको छैन त्यसले गर्दा लघुवित्तमा निराशाजनक अवस्था सिर्जना भएको छ ।

राष्ट्र बैंकले भर्खरै सार्वजनिक गरेको पहिलो त्रैमासको रिपोर्टले त लघुवित्त क्षेत्रमा ठूलै समस्या छ, लघुवित्तले दुःख दिएका छन् भन्ने बुझिन्छ अब दोस्रो त्रैमासको रिपोर्ट कस्तो आउला ?

खासमा यो लघुवित्तले दुःख दिएको होइन । हामीले दिएको सेवा कुनै पनि बैंक तथा वित्तीय संस्थाले बिना धितो, अति विपन्न, उसको धितो राख्नका लागि सम्पत्ति छैन, गरगहना छैन समाजले पत्याउँदैन त्यस्ता महिलाहरुलाई सामूहिक जमानिमा उनीहरुको विश्वासमा उनीहरुले गर्न खोजेको परियोजनाको आधारमा जुन ऋण दिएको छ लघुवित्तले यो अवसर कहिँ कतै पनि छैन ।

राज्यको कुनैपनि क्षेत्रले यो अवस्था उपलब्ध गराउन सक्दैन । न उनीहरुले सरकारी निकायबाट प्राप्त गर्छन् न अन्य बैंक तथा वित्तीय संस्थाहरुबाट पाउन सक्छन् । यो महिलाहरुलाई सामाजिक रुपमा सचेत बनाउँने, आर्थिक रुपमा आत्मनिर्भर बनाउने, उद्ययमशिलतातर्फ उन्मुख बनाउने एकदमै राम्रो कार्यक्रम हो लघुवित्त कार्यक्रम ।

लाखौं लाख त्यस्ता परिवारलाई सामाजिक रुपमा, वित्तीय रुपमा सचेतना प्रदान गरेर वित्तीय साक्षरता दिएर । उहाँहरुलाई थोरैथोरै बचत गर्न प्रोत्साहन गरेर उहाँहरुले बचत गरेकै आधारमा ऋण लगानी गरेर स्थानीय स्रोतमा आधारित साना साना उद्यम व्यवसाय सञ्चालन गर्न लगाएर वास्वमा लघुवित्तले आर्थिक उत्थान गरेको छ ।

उहाँहरुले गरेको उद्यमबाट छोराछोरीलाई शिक्षा, परिवारको भरणपोषण गर्न योगदान पुर्याएको छ । यस्ता साना योगदानहरुलाई मुल्यांकन नगरेर एक्कासी लघुवित्त क्षेत्रमाथि सरकारले पनि विश्वास नगरेर, आफुसँगा जोडिएकाम सदस्यहरुपनि टाढिने, हल्लाको पछि लाग्ने, लघुवित्तले चक्रबर्ती ब्याज लिइरहेको छ भन्ने नकरात्मक कुराहरु उठ्का छन् त्यस्ता गलत कुराहरुको पछि लाग्ने ।

लघुवित्तलाई त नेपाल राष्ट्र बैंकको नियमन गरिरहेको छ । अहिले १ दशमलव ५ प्रतिशत सेवा शुल्क र १५ प्रतिशत भन्दा बढि ब्याजदर लिन मिल्दैन । हाम्रो ऋण लगानी गर्ने आधार भनेको सदस्यको बचत र ठुला बैंकहरुसँग लिएको ऋण हो । हामीले अहिले पनि ठुला बैंकहरुसँग १४ प्रतिशतमा ऋण लिइरहेका छौं ।

१४ प्रतिशमा लोन लिएर १५ मा लगानी । लगभग २ प्रतिशत मात्रै नामिन राखेर संस्थाले लगानी गरिरहेको छ भनेपछि लघुवित्तहरु बाच्ने आधार नै छैन । सदस्यहरुबाट लिएको थोरै बचत हुन्छ । लघुवित्तमा प्राप्त भएको नाफाको हामीले सामाजिक उत्तरदायित्व कोष मार्फत अनुदान सहयोग गरेका छौं ।

बीमा मार्फत पनि सदस्यहरुलाई थुप्रो सहयोग गरेका छौं सदस्यहरु खुसी हुनुहुन्छ । ऋण लिएको व्यक्तिको मृत्यु भयो भने त्यो ऋण पूर्ण मिनाहा गर्ने कुराहरु छन् । तर पनि हामीले गरेका राम्रो कार्य, हामीले दिएको सुविधाहरु ओझेल परे नकारात्मा कराहरु मात्रै आए ।

लघुवित्त विरुद्ध सडकमा उत्रेका सदस्यहरु लघुवित्तका जम्मा सदस्यको १ प्रतिशत मात्रै छन् । तर सडको अफवाहले उनीहरुलाई सरकारले ब्याज छुट दिने हो कि, ऋण मिनाहा हुन्छ कि भन्ने आशा छ । सरकारले समयमा निर्णय नगर्दा, समयमा ध्यानआकर्षण नगर्दा यो अवस्था सिर्जना भएको हो । संस्था डुब्यो भने त जनता डुब्ने हो नेपाल डुब्ने होनि । यस्ता कुराहरुलाई कुनैपनि क्षेत्रले ध्यान नदिँदा समस्या सिर्जना भएको हो । विपन्न महिलाको आर्थिक समुन्नतीको लागि लघुवित्त प्रमुख आधार हो ।

लघुवित्तहरु बढि शहरीकरण भए भन्ने सुनिन्छ खास के हो ?

२०७० साल भन्दा पछाडि लासेन्स पाएका संस्थाहरु शहरमा केन्द्रित हुनुहुन्छ । हामी गाउँबाट सुरु गरेका हौं । अहिले हामी दाङ, सल्यान, प्युठान, रोल्पा, गोरखा, बाग्लुङ पछाडी परेका क्षेत्रहरु सुदुरपश्चिमसम्मका पहाडी जिल्लाहरुमा छौं । बजारमा त लघुवित्त सम्भव पनि छैन ।

जति ग्रामीण क्षेत्रमा लघुवित्तको महत्व छ, माग , सदुपयोग छ त्यो बजार एरियाममा छैन । बजारमा आउने भनेको त धितो दिएर लगानी गर्ने ठुला ठुलालाई मात्रै हो ।

यसपालि धेरै लघुवित्तहरुको ब्यालेन्ससिट राम्रो देखिएको छैन । यसले त अलि नकरात्मक संकेत गर्छ नि ?

लघुवित्तहरुको अवस्था संकटपूर्ण नै छ । मलाई लाग्छ पुसमा पनि धेरैवटा संस्था घाटामा जानुहुन्छ । किनभने लगानी गर्न सदस्यहरु डराउनु भयो । केही सदस्यहरुलाई ऋण दिन संस्था पनि डरायो । टाठोबाठोहरु भोलि यिनीहरुले ऋण लिएर नियममा पनि ७ लाखसम्म बिनाधितो ऋण दिन पाउँने छ त्यति ऋण लगानी गर्दा भागेर जाने हुन् कि ? अझ बढि हामी संकटमा पछौं कि भनेर लघुवित्तले सदस्यहरुलाई हेर्ने दृष्टिकोण र विश्वास हराएर गएको जस्तो भएको छ ।

सदस्हरुपनि ऋण लियो भने चक्रबर्ती ब्याज भन्छन् घरघरबाट अभद्र व्यवहार गरेर ऋण असुली गरेर लिएर जान्छन् भन्ने समाचार सुनिरहेका हुन्छन् नकरात्मक मिडियाबाट झस्किनु भएको छ । ऋण दिने क्रम पनि कम छन् र ऋण लिएकाहरुले ब्याज तिर्ने क्रम पनि कम छ । दुवै पक्षको कारोबार नै कम भएको हिसाबले पनि चल्न गाह्रो भइरहेको अवस्था छ । यो समयसम्म अर्बौ लगानी भइसक्नुपर्ने थियो । करोडौं ब्याज असुली भैसक्नुर्ने थियो ।

गत असार भन्दा पहिलाको ब्याज असुली गर्न पनि गाह्रो भइरहेको अवस्था छ । सदस्यहरु पैसा हुदा पनि सरकारले मिनाह गर्छ कि भन्ने अपेक्षमा बसेका छन् । सरसकारले समयमै निर्णय नै गरेन । सबैभन्दा ठुलो दुःखको कुरा के भयो भने त्यहिँ सरकारले संसदबाट विपन्न परिवारका लागि सामाजिक रुपमा सबल सक्षम बनाउँने, साँस्कृतिक रुपमा सद्रभाव ल्याउने, समाजमा हुने विभेदहरुलाई अन्त्य गर्ने र आर्थिक रुपमा धितो दिन नसक्ने विपन्न परिवारलाई सामु्हिक जमानीको रुपमा समूहमा आवद्ध गरेर ससाना उद्योग व्यवसाय सञ्चालन गर्न प्रोत्साहन गर्यो भने मात्रै राष्ट्रको गरिबी न्यूनिकरण सम्भव छ भन्ने हिसाबले सरकारले ल्याएको निती बमोजिम लाइसेन्स लिएर काम गरेको संस्थाहरु हुन् लघुवित्त संस्था ।

हामीले त्रैमासिक रुपमा रिपोर्ट प्रस्तुत गर्नुपर्दछ । अर्थतन्त्रको सबैभन्दा तल्लो तहमा रहेर विपन्नहरुलाई सेवा दिने क्षेत्र भनेको लघुवित्त क्षेत्र हो । त्यो क्षेत्र अहिले कठिनाइमा परेको छ । लगभग ६० प्रतिशत उपमेयरहरु लघुवित्तका समुहमा बसेकाहरु हुनुन्छ । लघुवित्तमा बसेर आफ्नो आर्थिक उन्नती गर्दै सशक्तिकरणबाट प्रभावित भएर उपमेयर हुनेहरुले पनि अहिले लघुवित्तको विरोध गर्दै हुनुहुन्छ । अहिले चारैतिरको चपेटामा छ लघुवित्त क्षेत्र । लघुवित्त क्षेत्र बन्दा हुने अवस्था छैन । यदि बन्द भयो भने समाज, महिलाहरु र विपन्न वर्ग पछुताउँने छन् ।

भोलि के हुन सक्छ भने आफ्नो जोखिम न्युनिकरण गर्नका लागि संस्थामा अर्बौ बचत छ अर्बौको कारोबार छ यसलाई यति छिटो बन्द गर्ने अवस्था त छैन यसको चक्रिय प्रक्रिया छ । एकै पटक ३ अर्ब बचत फिर्ता गर्न पनि सक्दैनौं ।

बैंकहरुको पनि हामीसँग करोडौं लोन छ । बैंकहरुलाई पनि तिर्न सक्दैनौं भनेपछि एउटा संस्था डु्ब्नु भनेको राष्ट्रको लागि ठुलो आर्थिक क्षति हुनु हो । लाखौंको बचत सिद्धिनु हो । ठुलौ बैंकमा गरेको बचत त हामीले ऋणको रुपमा ल्याएकमा छौं । त्यसैले लघुवित्त संस्था जोगिनु आवश्यक छ ।

सरकारले पनि हामीले गरेका राम्रा कार्यैहरुलाई बुझोर संस्था जोगाउन लाग्नुपर्छ । लघुवित्त संस्थाहरुको पुँजी बढेर अपगे्रट भयो र माथिल्लो तहमा लघुवित्त गयो भने विनाधितो कसैले लोन पाउँदैन ।

लघुवित्तका ग्राहकहरु वित्तीय रुपमा कत्तिको सचेत छन् ?

वित्तीय रुपमा सचेत हुनुहुन्छ । सचेत नभएको भए सडकमा आएर महिलाहरुले ब्याज तिर्नुहुँदैन, ऋण तिर्नुहुँदैन भन्दा ९८ प्रतिशतले त नियमित रुपमा बचत गरिरहेका छन्, नियमित किस्ता तिरिरहेका छन् ।

हामीलाई त धेरै संस्थाबाट ऋण लिएर डुब्नेहरुले अप्ठेरोमा पारेका छन् । एकदमै संम्यमित हुनुहुन्छ वित्तीय साक्षरता पनि बुझेका छन् । संस्थाको महत्व पनि थाहा छ । हामीले गाउँगाउँमा ठुला ठुला वित्तीय साक्षरता कार्यक्रम पनि गरिरहेका छौं ।