सूर्योदय वोमी लघुवित्तको ५ हजार कित्ता शेयर बिक्रीमा
वि.सं.२०८० पुस १९ बिहीवार १४:४४
4.26K
shares
shares

सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक शेयर बिक्री हुने भएको छ । कम्पनीले आज एक ३५ दिने सूचना जारी गर्दै शेयर बिक्री गर्ने जनाएको हो ।
संस्थापक शेयरधनी राजेन्द्र बहादुर गोदारको नाममा रहेको ५ हजार कित्ता शेयर बिक्री गर्ने भएको हो ।
संस्थापक शेयर पहिलो चरणमा हाल भईरहेको संस्थापक शेयर धनिले आवेदन दिन पाउनेछन् । इच्छुक संस्थापक शेयरधनीले कम्पनीको केन्द्रीय कर्यालय ललितपुरको महालक्ष्मी नगरपालिका ४ मा गएर दिन सकिने कम्पनीले जनाएको छ । अथवा कुमारी क्यापिटलको कार्यालयमा गएर पनि भर्न सकिने कम्पनीले जनाएको छ ।















