Dhulikhel Eco Banner new

वातावरण दिवसमा सांग्रिला डेभलमेन्ट बैंकको साइकल र्‍याली

6.5K
shares

काठमाडौं, २२ जेठ । जुन ५, २०२२ का दिनमा मनाइने विश्व बातावरण दिवसका अवसरमा सांग्रिला डेभलपमेन्ट बैंक लि.ले “इन्धन वचाउ पृथ्वी वचाउ”, “साइकल चलाउ इन्धन वचाउ” जस्ता नाराका साथ साईकल ¥यालिको आयोजना गरी सम्पन्न गरेको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत सुुयोग श्रेष्ठबाट साइकल ¥यालीमा सहभागीहरुलाई इन्धन वचाउन सांग्रिला डेभलपमेन्ट बैंकले चालेका कदमहरुको विषयमा संवोधन गरे पश्चात साईकल ¥यालीको शुरुवात गरिएको थियो।

बैंकको केन्द्रिय कार्यालय बालुवाटार बाट सुरु भई भाटभटेनी, नक्साल, ज्ञानेश्वर, कृष्ण पाउरोटी, पुतलीसडक, शहिदगेट, माइतीघर, भद्रकाली मन्दिर, जमल, दरबार मार्ग, लैनचौर, कालिका टावर हुँदै सांग्रिला डेभलपमेन्ट बैंक लि. वालुवाटारमा पुगेर सम्पन्न भएको उक्त साइकल ¥यालीमा बैंकका सस्थापक र सञ्चालक ज्यूहरु, प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ ज्यू, बैंकको उच्च व्यवस्थापन तहका कर्मचारीहरु, विभागीय प्रमुखहरु तथा अन्य कर्मचारीहरुको बाक्लो उपस्थिती रहेको थियो ।

इन्धन खपत घटाउने समग्र देशको प्रयासमा केही इँटा थप्ने उद्देश्यले बैंकमा कार्यरत सम्पूर्ण कर्मचारीहरुलाई कार्यालय आवात जावत गर्दा विद्युतीय सवारी साधनको प्रयोग, सार्वजनिक यातायातको प्रयोग, कम इन्धन प्रयोग हुने सवारी साधनको प्रयोग, साईकलको प्रयोग तथा हिंडेर कार्यालय आवत जावत तथा कार पुलिङ्ग गर्न उत्पे्ररित गरिरहेको यस बैंकले आयोजना गरेको यस साइकल ¥याली मार्फत वातावरण संरक्षण तथा इन्धन (पेट्रोलियम पदार्थ) वचाउनका लागि विभिन्न विकल्पकहरुको प्रयोग गर्न सन्देश दिन खोजिएको जानकारी गराइन्छ ।

देशमा इन्धनको खपत सक्दो कम गरी बातावरण लाई सफा स्वच्छ राख्नको लागी विभिन्न किसिमका कार्यक्रम तथा शिविर मार्फत प्रोत्साहित गर्ने उद्देश्यका साथ “Save Fuel Challenge” भन्ने नाराका साथ बैंक अगाडि बढेकोले यस्ता किसिमका कार्यक्रमहरुलाई बैंकले निरन्तरता दिंदै जाने व्यहोरा जानकारी गराइन्छ ।

समाज र देशको हितका लागि इन्धन खपत घटाउने समग्र देशको प्रयासमा केही इट्टा थप्ने उद्देश्यले “इन्धन वचाउ पृथ्वी वचाउ” “साईकल चलाउ ईन्धन बचाउ” भन्ने नाराका साथ वातावरण दिवसका दिन आयोजना गरिएको यस साईकल ¥यालिमा सम्पूर्ण व्यक्तित्वहरुको उत्साहपूर्वक सहभागीता रहेको थियो ।